रवि लामिछानेको समर्थनमा बन्न थाले गीत (भिडियोसहित)

काठमाडौंः   पत्रकार रवि लामिछानेको समर्थनमा देशका विभिन्न ठाउँमा प्रदर्शन हुँदै गर्दा गायक तिलक बस्नेतले ‘चाहे हान छातीमा गोली’ बोलको गीत सार्वजनिक गरेका छन् ।

पत्रकारिता जगतमा लागेका पत्रकारहरुको प्रोत्साहनका लागि भन्दै तिलक बस्नेत र सनिता खनालको प्रस्तुतिमा यो गीत तयार पारिएको हो । भिडियो हेर्न यहाँ क्लिक गर्नुस्

याे पनि पढ्नुस  रवि र अंगुर जिसीलाई कारवाहीको माग गर्दै अदालतमा निवेदन

गीतमा गायक तिलकको स्वर, शब्द र संगीत रहेको छ भने गीतको एरेन्ज रमेश सेन्चुरीले गरेका छन् । गीतको विषयमा बोल्दै गायक तिलकले पत्रकारहरु प्रोत्साहनका लागी आफूले यो गीत ल्याएको बताउँछन् ।

कमेन्ट गर्नुहोस्