क्यान्सरको सस्तो उपचार विधि पत्ता लागेको दाबी

काठमाडौँ। ब्रिटेनका शोधकर्ताहरूले क्यान्सर उपचारको नयाँ र सस्तो विधि पत्ता लागेको दाबी गरेका छन् । त्यहाँको ‘युनिभर्सिटी अफ सेफिल्डमा विद्यावारिधि तहमा अनुसन्धानरत जोस रिकर्दो कोसमेले प्रचलित ‘फोटो डाइनामिक थेरापी’मा केही सुधार गरेर नयाँ विधि पट्ट लगाएको बताएका छन् ।

फोटो डाइनामिक उपचारपद्दतिमा प्रकाशको सहायताले उपचार गर्ने गरिन्छ । यस विधिमा त्यस्ता औषधिको प्रयोग गर्ने गरिन्छ जो प्रकाशको सम्पर्कमा आउनासाथ सक्रिय हुन्छन् र तिनले क्यान्सर कोषिकाहरूलाई नष्ट परिदिन्छन् ।

यसरी प्रयोग गरिने कतिपय औषधिहरू लामो समय प्रकाशको सम्पर्कमा नआए विषाक्त बन्ने र यसका थुप्रै दुष्प्रभाव देखिने गरेका थिए । जसले गर्दा उपचार सफल हुने सम्भावना कम हुन जान्थ्यो ।

कोस्मेले गरेको अनुसन्धानबाट कार्बनका यस्ता सूक्ष्म काँ विकसित गर्न सकिने भएको छ जसले क्यान्सरजन्य कोषिकासम्म औषधि पुऱ्याउन सकोस ।

अनुसन्धानकर्ताहरूले अति सूक्ष्म कार्बन कणको मद्दतले यस्ता औषधिको प्रभावकारितालाई बढाउने प्रयोग गरेका थिए । यस्ता कार्बन कणहरू तुलनात्मक रूपमा कम विषाक्त हुने भएकाले यिनले बिरामीको शरीरमा क हानि हुने तर यिनले बोक्ने औषधिको क्यान्सरविरुद्ध लड्ने क्षमता भने कम नहुने निष्कर्ष उनीहरूले निकालेका छन् । एजेन्सी

कमेन्ट गर्नुहोस्