न्यायाधीश अधिकारीद्वारा राजीनामा

काठमाडौंः  उच्च अदालत पोखराका न्यायाधीश जीवनहरि अधिकारीले पदबाट राजीनामा दिएका छन् ।

उनले केही समय पहिलो गोर्खा ब्रुअरीको कर विवादका विषयमा गरेको फैसला विवादस्पद भए पछि उनीमाथि न्याय परिषद्ले छानविन थालेको थियो ।

उनले आइतबार छानविन समितिमा बयान दिए पछि पदबाट राजीनामा दिएका हुन् । उनले आफूले दिएको बताए ।

न्याय परिषद्ले सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्लको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो ।

कमेन्ट गर्नुहोस्