यातायात व्यवस्था विभागको महानिर्देशकमा हमाल नियुक्त

काठमाडौंः  एक हप्तादेखि रिक्त यातायात व्यवस्था विभागको महानिर्देशकमा गोगनबहादुर हमाललाई नियुक्त गरिएको छ । हमालले सोमबारबाट विभागको महानिर्देशकको कार्यभार सम्हालेका छन् ।

विभागको कार्यकक्षमा विभिन्न शाखाका कर्मचारीले हमाललाई स्वागत गरे । विभिन्न शाखाका कर्मचारीले सफल कार्यकालको शुभकामना दिएको स्वागत कार्यक्रममा हमालले विभागमा आफ्नो जिम्मेवारीलाई प्राथमिकताका साथ पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

यसअघिका महानिर्देशक कुमारप्रसाद दहालको विभागबाट सरुवा हुने जानकारी एक महिनाअघि नै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गराए पनि पत्र नआएका कारण एक हप्ता अघिसम्म दहाल नै विभागको महानिर्देशक पदमा थिए ।

कमेन्ट गर्नुहोस्