नेकपा चितवनले निकाल्यो कडा विज्ञप्ति, अराजक आन्दोलनमा नलाग्न निर्देशन

चितवनः  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले रवि लामिछाने समर्थकहरुको आन्दोलनमा सहभागी नहुन निर्देशन दिएको छ ।

रवि लामिछानेका समर्थकहरुले गरिरहेको प्रदर्शन अराजक र धमिलो पानीनीमा माछा मार्ने चलखेल भएको बताउँदै पार्टीले यस प्रकारका कुनै गतिविधिमा संलग्न नहुन निर्देशन दिएको हो ।

चितवनमा रविको रिहाईका लागि प्रदर्शन भनिए पनि आन्दोलनकारीले भने नेकपा अध्यक्ष प्रचण्डको आलोचना गरिरहेका छन् ।

नेकपा चितवनले अराजक समूहले पार्टी नेतृत्वको आलोचना गर्ने कार्य धमिलो पानीमा माछा मार्ने चलखेल बताएको छ । पढ्नुहोस् विज्ञप्ति–

कमेन्ट गर्नुहोस्