टेस्ट वरियताः स्मिथ उक्लिए दोस्रो स्थानमा, अरुको अवस्था कस्तो?

काठमाडौंः  अष्ट्रेलिया क्रिकेट टिमका पूर्वकप्तान एवं महत्वपूर्ण ब्याट्सम्यान स्टिभ स्मिथ आइसीसी टेस्ट वरियताको दोस्रो स्थानमा उक्लिएका छन् ।

इंंग्ल्याण्ड विरुद्धको एशेज सिरिजमा शानदार प्रदर्शन गरेपछि स्मिथ दोस्रोे स्थानमा उक्लिएका हुन् । उनले ९१३ अंक बटुल्दै सो स्थानमा पुग्न सफल भएका हुन् । १६ महिनापछि टिममा फर्किएका स्मिथले तीन पारीमा ५६ रेटिङ प्वाइन्ट जोडेका छन् ।

स्मिथ एशेज सिरिजअघि चौंथो स्थानमा थिए । तर तीन पारीले उनी दोस्रो स्थानमा पुग्न सफल भए । श्रीलंका विरुद्धको टेस्ट सिरिजमा न्यूजिल्याण्डका कप्तान केन विलयिम्सनले खराब प्रदर्शन गरेपछि उनी दोेस्रो स्थानबाट झरेका छन् ।

आईसीसीले पछिल्लोपटक १८ अगस्टमा सार्वजनिक गरेको वरियतामा भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली ९२२ अंककासाथ शीर्ष स्थानमा छन् ।

कमेन्ट गर्नुहोस्