प्रहरी जवान हिटलरसहित ३ जनाविरुद्ध मुद्दा दायर

काठमाडौंः  महानगरीय ट्राफिक प्रहरी नयाँ बसपार्क गंगबुका प्रहरी जवान हिटलर साउँदसहित ३ जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।

सवारी दुर्घटनाको पुलिस रिपोर्ट बनाइदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ परेका प्रहरी जवान हिटर साउँद, देबेन्द्र बलायर र लोकेन्द्र थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीहरुलाई अख्तियारले सेवाग्राहीसँग एक लाख घुस लिइरहेको अवस्थामा पक्राउ गरेको थियो । उनीहरुविरुद्ध १ लाख विगो कायम गरिएको छ। उनीहरुसँगै प्रक्राउ परेका प्रहरी जवान आकाश खनाल र निरज भण्डारीको घुस लिने कार्यमा संलग्नता नदेखिएपछि सजाय मागदाबीमा छुट दिइ सफाइ दिइएको छ।

मुद्दा दायर गरिएका भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको मागदाबीसहित विशेष अदालतमा आरोप दायर गरिएको छ।

कमेन्ट गर्नुहोस्