शालिकराम आत्महत्या प्रकरणः रवि लामिछानेको बयान लिइँदै

चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेसहित तीनैजनाको बयान लिने क्रम जारी रहेको छ।

स्रोतका अनुसार सोमबार दिउँसोसम्म पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गर्न प्रयोग भएकी युवती अस्मिता कार्की उर्फ रुकुको बयान सकिएको छ।

याे पनि पढ्नुस  पुडासैनी आत्महत्या प्रकरणः के छ अदालतको आदेशमा? (पूर्ण पाठसहित)

अहिले रवि लामिछाने र युवराज कँडेलको बयान लिइरहेको स्रोतले बताएको छ। बयान सकिएपछि आजै वा मंगलबार मात्रै म्याद थप्ने नथप्नेबारे निर्णय हुने बताइएको छ।

तीनैजनालाई पाँच दिनका लागि म्याद थपिएको थियो। उक्त म्याद आज राति १२ बजे सकिनेछ।

कमेन्ट गर्नुहोस्