शालिकराम प्रकरणमा नेकपासँगै काँग्रेसको आयो यस्तो विज्ञप्ति

चितवनः  पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणलाई राजनीतिकरण हुनबाट रोक्न चितवनका दलहरुले सचेतता अपनाएका छन् ।

आइतबार सर्वदलिय बैठकमार्फत घटनालाई अतिरञ्जित हुन नदिन र अनुसन्धानलाई कुनै पनि कोणबाट प्रभावित नगर्न सामूहिक वक्तव्य जारी गरेका दलहरुले आइतबार पार्टि तहबाट समेत विज्ञप्ति जारि गरेका छन् ।

आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले रवि लामिछाने समर्थकको भनिएको आन्दोलनमा सहभागी नहुन निर्देशन दिँदै विज्ञप्ति जारी गरेको छ ।

यसैबीच नेपाली काँग्रेसले समेत अनुसन्धानलाई प्रभावित नगरि सत्यतथ्य सार्वजनिक गर्न माग गर्दै विज्ञप्ति जारि गरेको छ । पढनुहोस् विज्ञप्ति–

 

कमेन्ट गर्नुहोस्