प्रचण्डले भने, ‘यो सरकार ५ वर्षसम्म फेरिन्न’

काठमाडौंः  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले वर्तमान सरकार ५ वर्ष रहने बताएका छन्।

स्वर्गीय रामवृक्ष यादवको सम्झनामा सिराहाको बर्मजियामा आयोजित सभामा सहभागी हुन जाने क्रममा जनकपुरमा उनले यस्तो बताएका हुन्।

‘यो सरकार पाँच वर्षसम्म नै चल्छ। प्रधानमन्त्री केपी शर्मा ओलीबीच सहमति कार्यान्वयन हुनेमा म विश्वस्त छु’, जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, पहिलो वर्ष कानुनी जटीलताका कारण सरकारले अपेक्षाअनुसार काम गर्न सकेन तर अब तीब्र गतिका साथ अघि बढ्छ।’

याे पनि पढ्नुस  कसैको दयाले यहाँ पुगेका होइनौं, एकताबद्ध भए जस्तो परिस्थिति पनि चिरिन्छ– प्रचण्ड

प्रधानमन्त्री ओलीले आइतबार संसदमा यो सरकार ५ वर्षसम्म नै चल्छ भनेको भोलिपल्ट प्रचण्डको यस्तो अभिव्यक्ति आएको हो। नेकपाका अर्का नेता माधवकुमार नेपालसँगै उनी सिराहाका बर्मजिया पुगेका हुन्।

कमेन्ट गर्नुहोस्