रवि लामिछानेको पक्षमा नाराबाजी गर्ने ७ जना पक्राउ

काठमाडौंः  सिधाकुरा जनतासँग कार्यक्रमका प्रस्तोता रवि लामिछानेको समर्थनमा नाराबाजी गर्ने ७ जना पक्राउ परेका छन् ।

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा रवि लामिछाने निर्दोष रहेको र तत्काल छाड्नु पर्ने भन्दै सडकमै नाराबाजी गरेपछि उनीहरु पक्राउ परेका हुन् ।

चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार यसअघि बिहान जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शनमा उत्रेका रविका समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

याे पनि पढ्नुस  ४५ दिन कैद सजायका आरोपी २६ वर्षपछि पक्राउ

पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियो सन्देशमा आफ्ना पूर्वसहकर्मी रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीका कारण आफू आत्महत्या गर्न बाध्य भएको बताएका थिए। सोही भिडियोको आधारमा छानबिनका लागि तीनैजना अहिले प्रहरी हिरासतमा छन्।

कमेन्ट गर्नुहोस्