धनगढीमा बजार अनुगमन, फेला परे म्याद नाघेका खाद्यवस्तु

धनगढी । धनगढी उप–महानगरपालिकाको नगर अनुगमन समितिले सोमबार घनगढीका बिभिन्न पसलहरुमा अनुगमन गरेको छ ।
अनुगमनका क्रममा धनगढीको लक्ष्मीनारायण चौक आसपासका किराना पसलहरुबाट ठूलो परिणाममा म्याद गुज्रेका बस्तुहरु जफत गरेको धनगढी उप–महानगरपालिकाको नगर अनुगमन समितिको संयोजक योगेन्द्र चन्दले बताए ।

संयोजक चन्दका अनुसार यसरी फेला परेका म्याद नाघेका खाद्यवस्तुमा चिसो पेयपदार्थहरु, काजु , किसमिस, दालमोठ लगायत रहेका छन् ।

धनगढी उप–महानगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत लोकराज उपाध्यायले जफत गरिएका बस्तु नष्ट गर्ने बताए । पहिलो पटक समान जफत गरिएको छ उपाध्यायले भने, फेरी पनि यही अवस्था फेला पारेका कानुन अनुसार कार्वाही अगाडी बढाईन्छ ।

बजार अनुगमनका क्रममा म्याद नाघेका सामग्री जाफत गरिँदै । तस्बिर: टेकेन्द्र देउबा

 

राष्ट्रिय उपभोक्ता मञ्च कैलालीका अध्यक्ष हरी रेग्मीले अव निरन्तर बजारको अनुगमन गरिने बताए । पटक पटक गल्ती दोहऱ्याउने ब्यक्तिलाई बचाउनुपर्छ भन्नेमा आफु नरहेको बताए । उनले भने, हाम्रो उद्धेश्य बजारमा सुधार ल्याउनु हो ।

साउन ३२ गते बसेको समितिको बैठकले भदौ २ गतेबाट निरन्तर बजार अनुगमनलाई निरन्तरता दिने निर्णय पनि गरेको थियो । चाडपर्वको मुखमा मात्रै गरिने अनुगमनले बजारको अवस्था सुधार आउन नसकेको भन्दै उप–महानगरपालिका क्यालेन्डर नै बनाएर अनुगमन गर्न सुरु गरेको बताईएको छ ।

कमेन्ट गर्नुहोस्