Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

‘सगरमाथाको नाम ‘माउन्ट एभरेष्ट’ होइन, सगरमाथा नै भन्नुहोस्’

काठमाडौंः  प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटनको विकासका लागि उड्डयन क्षेत्र महत्वपूर्ण भएकाले प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

सोमबारदेखि काठमाडौंमा सुरु भएको एसिया प्रशान्त क्षेत्रका हवाई नियामक निकायका महानिर्देशकहरुको सम्मेलनमा प्रधानमन्त्री ओलीले पर्यटनको विकासका लागि ‘कनेक्टिभिटी’ महत्वपूर्ण रहेकाले उड्डयन क्षेत्रको भूमिका उल्लेखनीय भएको बताए ।

उनले नेपाल उड्डयन क्षेत्रको सुधारका लागि ‘आइकाओ’सँग मिलेर काम गर्न तयार रहेको स्पस्ट पारे ।

आइकाओको नियम मान्नु कुनै बाध्यता पनि नभइ आवश्यकता रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

उनले नेपालले पर्यटकको आवागमनमा वृद्धि गर्न ‘बुटिक एअरपोर्ट’को विकास पनि गरिरहेको बताए ।

सगरमाथाको नाम ‘माउन्ट एभरेस्ट’ नभइ सगरमाथा नै भएको र नेपालीको पहिचान पनि भएकाले सगरमाथा नै भन्न उनले आग्रह गरे ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: