एक लाख घुससहित प्रहरी जावन हिटलरसहित ४ जना पक्राउ

काठमाडौंः  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग एक लाख घुस लिएको आरोपमा महानगरीय ट्राफिक प्रहरी कार्यालय, गोंगबुमा कार्यरत ४ प्रहरी जवानलाई नियन्त्रणमा लिएको छ ।

दुर्घटना सिफारिस दिएवापत् सेवाग्रहीसँग घुस लिने प्रहरीजवानहरु देवेन्द्र बलायर, आकाश खनाल, निरज भण्डारी र हिटलर साउँदलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

अनुसन्धानकाक्रममा प्रहरीजवान खनाल र भण्डारी घुस लिने कार्यमा प्रत्यक्ष संलग्न रहेको नदेखिएकाले हाल उनीहरुलाई मुद्दा नचलाइ साक्षीकारुपमा राखिएको आयोगले जनाएको छ ।

प्रहरीजवान बलायर र साउदलाई जनही एक–एक लाख बिगो माग गर्दै सोमबारै विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्