दक्षिण सुडानमा सशस्त्र प्रहरी थपिने

काठमाडौंः  जिम्मेवारी धेरै तथा जनशक्ति थोरै भएपछि संयुक्त राष्ट्रसंघले द्वन्द्वग्रस्त अफ्रिकी देश दक्षिणी सुडानमा खटिएका सशस्त्र प्रहरीको संख्या थप गर्ने भएको छ । बोर र वाउ सेक्टरमा खटिएका नेपाल एफपियू–२ को जनशक्ति थप गर्न लागिएको हो ।

हाल १४० जनाको नेपालको एफपियूलाई दुईवटा ठाउँमा खटाइएको छ । जसले गर्दा काम गर्न समस्या भएपछि नेपालको आग्रहमा जनशक्ति थप हुन लागेको हो । नेपाल एफपियू–२ का कमान्डर एसपी शान्तिकुमार कार्कीका अनुसार कम्तीमा २० जना जनशक्ति थप हुने निश्चित भएको छ । ‘हामीले ४० जना थप गर्न प्रस्ताव गरेका छौँ,’ उनले भने, ‘अनमिसले (दक्षिण सुडानका लागि राष्ट्रसंघीय शान्ति मिसन) कम्तीमा २० जना थप्ने जानकारी दिएको छ ।’

याे पनि पढ्नुस  पेस्तोल र गोलीसहित धनौजीबाट एक जना युवक पक्राउ

दक्षिण सुडानमा सशस्त्र प्रहरी बल, नेपालका दुईवटा एफपियू छन् । राजधानीमा जुबामा १८० जनाको टोली कार्यरत छ । त्यस्तै, १४० जनाको टोली बोर प्रान्तमा खटिँदै आएकोमा गत वर्षदेखि आकस्मिक रूपमा सो टोलीमध्ये ८० जनालाई वाउ सेक्टरमा अनमिसले खटाएको छ । वाउमा खटिएको घानाको एफपियूले आचरणविपरीत काम गरेपछि उनीहरूलाई फर्काएर नेपाल एफपियूलाई जिम्मेवारी दिइएको हो ।

याे पनि पढ्नुस  पेस्तोल र गोलीसहित धनौजीबाट एक जना युवक पक्राउ

यसरी तीन महिनासम्म मात्र अन्यत्र खटाउन सक्ने प्रावधान भए पनि एक वर्षदेखि नेपाल एफपियूलाई दुई ठाउँमा खटाइएको छ । आर्थिक समस्याका कारण एउटै एफपियूलाई दुई ठाउँमा खटाउनुपरेको अनमिसका अधिकारीले बताएका छन् । नयाँ पत्रिका दैनिकबाट

कमेन्ट गर्नुहोस्