ट्रम्पलाई फकाउन फोन गरे मोदीले, के–के भयो ३० मिनेटको कुराकानीमा?

नयाँ दिल्लीः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु–कश्मीर समस्यामा पाकिस्तानसँग नरम देखिएका डोनाल्ड ट्रम्पलाई फोन गरेका छन् ।

जम्मु–कश्मीरका विषयमा भारत र पाकिस्तानबीचको विवाद अन्त्य गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेपछि दुई देशबीचको सम्बन्धमा चिसो देखिएको थियो ।

यसैबीच भारत सरकारले संविधानको अनुच्छेद ३७० खारेज गरेर जम्मु कश्मीरको विशेष राज्यको दर्जा खोसेपछि अमेरिका झनै चिढिएको थियो ।

सम्बन्ध बिग्रिन थालेपछि आ सोमबार प्रधानमन्त्री मोदीले राष्ट्रपति ट्रम्पलाई फोन गरेका हुन । भास्कर दैनिकका अनुसार दुबै नेताबीच द्विपक्षीय र क्षेत्रीय मुद्दामा आधा घण्टा कुराकानी भएको छ ।

समाचार अनुसार, पाकिस्तानको प्रसंगमा मोदीले केही क्षेत्रीय नेताहरुको अति उग्र बयानबाजी र भारत बिरोधी हिंसालाई बढावा दिनु क्षेत्रको शान्तिका लागि ठीक नभएको बताएका थिए ।

मोदीले सीमापार आतंकवादलाई रोक्नु जरुरी भएको र त्यसो भए मात्र शान्ति स्थापना हुने कुरा ट्रम्पलाई बताएको समाचारमा छ ।

कमेन्ट गर्नुहोस्