प्रधानमन्त्रीलाई गाली गर्दै फेसबुक लाइभमा खुकुरी देखाउने पक्राउ

काठमाडौंः  प्रधानमन्त्रीसहित राजनितिक दलका शिर्ष नेतालाई अपशब्द प्रयोग गर्दै फेसबुक लाइभ गर्ने एकजना बाराबाट पक्राउ परेका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई गाली गर्दै फेसबुक लाइभ गरेका थिए ।

सो क्रममा उनले काट्छु, मार्छु भन्दै खुकुरी देखाएका थिए । अपशब्द समेत प्रयोग गरी मानमर्दन गरेकाले उनलाई पक्राउ गरिएको स्रोतले जनाएको छ । पक्राउ गरिएका व्यक्तिको नाम खुलाइएको छैन ।

प्रहरीका अनुसार सामाजिक सञ्जालमा अपशव्द प्रयोग गर्ने, अभद्र, अमर्यादित टिप्पणी गर्ने, फोटो विगारेर पोष्ट गर्ने अन्यको पनि खोजी भइरहेको छ ।

कमेन्ट गर्नुहोस्