पारसकाे स्पष्टीकरण: केटाकेटीमाथि दुर्व्यहार सहन सकिनँ, बाबु हुनुकाे नाताले त्यस्ताे भयाे

काठमाडौंः  पूर्वयुवराज पारस शाहले त्रिभुवन विमानस्थलमा प्रहरी अधिकृतलाई हातपात गरेको सन्दर्भमा आफ्नो भनाई सार्वजनिक गरेका छन् ।

विमानस्थलको सुरक्षामा खटिएका एक सईलाई हातपात गरेको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि पारसले आफ्नो भनाई सार्वजनिक गरेका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मेरो आमा उपचारको क्रममा बैंकक जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जब त्यहाँका प्रहरी अधिकृतले मेरो छोरालाई झण्डा ताकेपछि एउटा बाबुको नाताले मैले सहन सकिन र उनीमाथि जाइलागेँ ।’

उनले अगाडि भनेका छन्, ‘त्यसैपनि म आमाको बिरामीले खराब मनस्थितिमा थिएँ, मैले जे गरे एउटा बाबुको नाताले गर्नुपर्ने कर्तब्य गरेँ । यो कुराको छिनोफानो गर्न म नेपाली जनतालाई दिन्छु ।’ यसैबीच प्रहरीले पारसले हातपात गरेको विषयमा छानबिन थालेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्