प्रहरीको गाडीमा मोटरसाइकल ठोकिदा कैलालीमा दुई जना घाइते

कैलाली । प्रहरीको गाडीमा मोटरसाइकल ठोकिदा कैलालीमा दुई जना घाईते भएका छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ८ मसुरियामा बझाङ्ग प्रहरीको गाडीमा सोमबार दिउसो मोटरसाइकल ठोकिएको हो। मोटरसाइकलमा सवार भजनि नगरपालिका वडा नम्बर १ का २५ बर्षिय रतिराम डगौरा र सोही ठाँउका २९ वर्षिय अनिल डगौरा घाइते भएका छन्।

याे पनि पढ्नुस  ‘टेस्ट राइड’ पछि मोटरसाइकल गायब...

उनीहरुको अत्तरियामा रहेको पद्मा अस्पतालमा उपचार भइरहेको छ। रतिरामले चलाएको वान टेस्ट मोटरसाइकल तत्कालिन बझाङका प्रहरी नायव उपरिक्षक सुर्यबहादुर केसी सवार बा २ झ २९०७ नम्बरको गाडीमा ठोकिएको थियो। चालक रतिरामको खुट्टामा चोट लागेको छ। अनिलको मुखमा चोट लागेको कैलाली प्रहरी प्रवक्ता, प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।

याे पनि पढ्नुस  दाजुभाई मिलेर आफ्नै मोटरसाईकल जलाए

केसीको बझाङ्गबाट गत बिहिबार मात्र सरुवा भएका थिए। उनी नेपालगञ्ज जादै गर्दा मसुरियामा दुर्घटना भएको कैलाली प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्