पाकिस्तानी सेनाप्रमुखको कार्यकाल तीन वर्ष थप

काठमाडौं । विश्लेषकहरू इमरान खान र जनरल बाजवाबिचको सम्बन्ध निकै अद्भूत रहेको बताउँछन्
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले देशका सेनाप्रमुख जनरल कमर जावेद बाज्वाको कार्यकाल तीन वर्ष थपिदिएका छन्।

प्रधानमन्त्री कार्यालयद्वारा जारी गरिएको एक विज्ञप्तिका अनुसार जनरल बाज्वाको कार्यकाल बढाउने निर्णय सुरक्षास्थितिलाई ध्यानमा राखेर लिइएको हो।

सेनाप्रमुखको कार्यकाल बढाइने कुरा केही महिनादेखि चलिरहेको थियो।

भारतले भारत-प्रशासित कश्मीरको संविधानप्रदत्त विशेषाधिकार खोसेपछि भारत र पाकिस्तानबीच सम्बन्ध बिग्रिएको छ। यही बेला पाकिस्तानी सेनाप्रमुखको कार्यकाल बढाइएको हो। बाज्वाले नोभेम्बर २०१६ मा सेनाको नेतृत्व सम्हालेका थिए।

याे पनि पढ्नुस  ‘भारतले लाखौं जनतालाई हतियार उठाउन बाध्य पार्दैछ’– इमरान खान (सम्बोधनको भिडियोसहित)

उनलाई तत्कालीन प्रधानमन्त्री नवाज शरिफले सेनाप्रमुखमा नियुक्त गरेका थिए। पुरानो नियुक्तिअनुसार जनरल बाज्वा यही नोभेम्बरमा सेवानिवृत्त हुँदै थिए।

विशेष सम्बन्ध

प्रधानमन्त्री कार्यालयद्वारा जारी गरिएको सङ्क्षिप्त सूचनाअनुसार जनरल कमर जावेद बाज्वालाई तीन वर्षका लागि अतिरिक्त कार्यकालका लागि सेनापतिमा नियुक्त गरिएको हो। यो कार्यकाल उनको वर्तमान कार्यकाल पूरा हुने दिनदेखि सुरु हुनेछ। उक्त सूचना प्रधानमन्त्री इमरान खानको हस्ताक्षरसहित जारी गरिएको थियो।

याे पनि पढ्नुस  इमरान खानलाई पूर्वप्रेमिकाको पहिलो बधाई, जनताको विश्वासकाे सम्मान गर्न आग्रह

देशका मामिलामा सेनाको प्रभावका कारण सेनाप्रमुखको नियुक्ति वा उसको कार्यकाल प्रधानमन्त्रीको एउटा महत्त्वपूर्ण निर्णयका रूपमा हेरिन्छ।

यसले सरकार(सेना सम्बन्धलाई समेत परिभाषित गर्छ। विज्ञहरूका भनाइमा यसको प्रत्यक्ष असर देशको सरकार र उसको निर्णय लिने क्षमतामा पर्नेछ। विश्लेषकहरूका भनाइमा जनरल बाज्वा र इमरान खानबीच विशेष सम्बन्ध छ।

याे पनि पढ्नुस  मोदीले राष्ट्रका नाममा सम्बोधन गरिरहँदा इमरान खानले गरे यस्तो टिप्पणी

निकै लामो समयपछि यस्तो समय आएको छ जब पाकिस्तानको राजनीतिक र सैन्य नेतृत्वले एकै दिशामा देशको भविष्यबारे सोचिरहेका छन्।

तर सोही देशका विपक्षी नेताहरूले भने इमरान खानले सेनाको सहयोगमा सत्ता हासिल गरेको आरोप लगाएका छन् जसलाई खानको पार्टी पीटीआईले खण्डन गर्दै आएको छ। बिबिसी नेपाली सेवाबाट

कमेन्ट गर्नुहोस्