रोचकः मोदीसँग कुरा गरेपछि इमरान खानलाई फोन गरे डोनाल्ड ट्रम्पले

काठमाडौं, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोनमा आधा घण्टा कुराकानी गरेको विषयलाई भारतीय मिडियाहरुले अति उच्च महत्वका साथ सम्प्रेषण गरे । समाचारहरुमा अमेरिकासँग मोदीले पाकिस्तानको साथ नदिन आग्रह गरेको आशयका विषय समेटिएका थिए । भारतीय मिडियाका लागि यो पाकिस्तानका लागि ठूलो झटका थियो ।

तर भई दियो उल्टो ।

भारतका प्रधानमन्त्रीले सीमापार आतंकवाददेखि क्षेत्रीय शान्तिका बारेमा आधा घण्टा कुराकानी गरेको कुरामा मक्ख परेका भारतीय मिडिया त्यतिखेर हिस्स परे जब राष्ट्रपति ट्रम्पले ट्विट गरे ।

याे पनि पढ्नुस  मन्त्रीलाई माेदीकाे कडा निर्देशनः साढे ९ बजे मन्त्रालय पुग्नु, सचिवालयमा नातागोता नियुक्त नगर्नु

यता भारतको प्रधानमन्त्री कार्यालयले आधा दर्जन जति ट्विट गरेर प्रचार गरिरहेको थियो । शुरुका केही घण्टासम्म राष्ट्रपटि ट्रम्पले एउटा पनि ट्विट गरेका थिएनन् ।

तर यसैबीच उनको ट्विट आयो ।

ट्विटमा उनले मेरा असल मित्र मोदी र इमरानसँग फोनमा सार्थक कुराकानी भयो भनेर लेखे ट्रम्पले ।

योसँगै भारती मिडिया झस्किए ।

याे पनि पढ्नुस  मोदीको दावी झूठो निस्कियो, कश्मिर मुद्दामा फेरी मध्यस्थताको प्रस्ताव राखे ट्रम्पले

भारतले अमेरिकाले पाकिस्तानको पुरै बिरोध गरोस भन्ने चाहेपनि पछिल्लो समयमा अमेरिकाले भारत पाकिस्तानका बीच मध्यस्थता खोजिरहेको छ । तर भारतले भने तेश्रो पक्षको उपस्थ्तिि अस्वीकार गदै् आएपछि पछिल्लो घटनाक्रमले भने उसलाई अमेरिकी मध्यस्थता खोज्नैपर्ने बिन्दुमा ल्याइ पुर्याएको छ ।

मोदीसँग कुराकानी पछि ट्रम्पले इमरानलाई फोन गरेका थिए । व्हाइट हाउसले जनाए अनुसार यो फोनमा उनले शान्तिपूर्ण तरिकाले समस्या समाधानका लागि प्रयास गर्न अपील गरे । भारतसँगको तनाव कम गर्न दुबै देशले संयमित भएर काम गर्नुपर्ने उनको भनाई थियो । यसका साथै उनले पाकिस्तानलाई आर्थिक र व्यापार सहयोग मजबूत गर्ने विषयमा भने दुबै नेता सहमत भएको जनाइएको छ ।

याे पनि पढ्नुस  मोदीलाई ओलीले दिए ३ भाषामा जन्मदिनको शुभकामना

यो फोनसँगै भारतका लागि अन्तर्राष्ट्रियस्तरमा आफूलाई साबित गर्न कठिनाई पर्ने अवस्था सिर्जना भएको छ । पाकिस्तानले भने अन्तर्राष्ट्रिय कुटनीतिमा भारतलाई पछार्न थालेको देखिन्छ ।

कमेन्ट गर्नुहोस्