रविसँग ३ घण्टा बयान लिइयो, रेकर्ड गरिएको भिडियो नहेरेको दावी, आज फेरी बयान हुने

भरतपुर, पुडासैनीको आत्महत्या घटनामा अनुसन्धानका लागि हिरासतमा रहेका रवि लामिछानेले चर्चामा रहेको भिडियो नहेरेको दावी गरेका छन् ।

६ दिन अघि पक्राउ परेका रवि लामिछानेसँग सोमबार प्रहरीले तीन घण्टा बयान लिइएको थियो ।

बयानका क्रममा रवि लामिछानेले आफूले भिडियोमा उल्लेख गरिएका कुराहरु अरुबाट सुनेको तर आफैले भने भिडियो नहेरेको प्रारम्भिक बयान दिएका छन् ।
रवि लामिछाने र युवराज कँडेलसँग सोमबार जिल्ला सरकारी कार्यालयको कार्यालयमा बयान लिइएको थियो ।

अस्मिता कार्कीसँग भने आइतबार नै बयान लिइएको थियो । युवराज र अस्मिताले इन्कारी बयान दिएको र रविको बयान अझै नसकिएको श्रोतले जना्रएको छ ।

पुडासैनीले भिडियोमा कतिपय विषय उठाउँदै रविका कारण मर्न बाध्य भएको बताएपछि प्रहरीले सबै विषयमा अनुसन्धान गरी वास्तविक तथ्य पत्ता लाग्ने बताउँदै आएको छ ।

याे पनि पढ्नुस  रवि र युवराजको दुरुत्साहन मुद्दाको बहस सकियो, फैसला आउँदै

बयानै नसकेको कारणले गर्दा आज मंगलबार थप अनुसन्धानका लागि पुनः म्याद थप्न प्रहरीले रविलाई जिल्ला अदालत लगेको छ ।

प्रहरी अधिकृतलाई उद्दृत गदै चितवन पोष्टले जनाए अनुसार अहिले सम्म ‘अनुसन्धानको मिसिल नै तयार भएको छैन । अनुसन्धान नै नसकिकन अदालतमा लगेर मुद्दा दर्ता गर्न नसकिने भएकोले म्याद थपका लागि अदालत लगिएको हो ।

प्रहरीले आरोपितहरुको फोन कल डिटेल र मोबाइल सन्देशहरु लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । ‘
पोष्ट मार्टम रिपोर्टसँगै मृत्युअघि रेकर्ड गरिएको भिडियो ‘डिजिटल फरेन्सिक ल्याव’ परीक्षणबाट मृतक शालिकरामकै आवाज भएको पुष्टि भएको छ । विभिन्न पाँचवटा लामा र छोटा भिडियो क्लिप रहेको स्रोतले जनाएको छ । विभिन्न भिडियो क्लिपकै कारणले पुडासैनीको बोल्दै गरेको आवाज फरक, जीउको हाउभाउ फरक र एक अवस्थामा सिरानी रहेको र एक अवस्थामा सिरानी नरहेको जस्तो विभिन्न दृश्य पाइएको अनुसन्धानले देखाएको छ ।
पोष्ट मार्टम र भिडियो ल्याव दुवै रिर्पोट थप अनुसन्धानका लागि बलियो प्रमाण बनेको प्रहरीको भनाइ छ । पत्रकार शालिग्राम पुडासैनीको मृत्यु प्रकरणसँग जोडिएका प्रमाण संकलनको क्रममा चितवन प्रहरीले सोमबार उनले आत्महत्याको लागि किनेको डोरी पसल पत्ता लगाएको छ । नारायणगढ बसपार्कस्थित एक प्लास्टिक पसलमा गई पाँच मिटर लामो डोरी किनेको सीसी क्यामरा फुटेजसमेत प्रहरीले लिएको छ ।
शालिकराम पुडासैनीले आफूलाई आरोप लगाएर बोलेको भिडियो आफैँले भने अहिलेसम्म नहेरेको रविले बताएका छन् । उनले बयानका क्रममा आफूलाई गाली गरेको र आरोप लगाएको भन्ने अरुबाटै सुनेको तर भिडियो भने नहेरको बताएका हुन् ।

याे पनि पढ्नुस  शालिकराम आफ्नै कारण मरे, रवि आफ्नै कर्मले फसेः बिमल पोखरेल

शालिकराम पुडासैनी मृत्यु घटनाको अनुसन्धानकै लागि भनेर केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)का प्रवक्ता एसपी दिपक रेग्मी आफैँ चितवन आएका छन् । पुडासैनीकी श्रीमतीले आइतबार प्रहरी परिसर टेकुमा दिएको जाहेरी चितवन प्रहरीले पाएको छ ।

कमेन्ट गर्नुहोस्