सिंहदरबारमा मृत अवस्थामा भेटिए एक कर्मचारी

काठमाडौं । सिंहदरबामा एकजना कर्मचारी मृत अवस्थामा भेटिएका छन् ।

राष्ट्रिय योजना आयोगका सुब्बा बच्चु केसी कार्यालयमा लडिरहेको अवस्थामा भेटिएका हुन् । उनले विष सेवन गरेर आत्महत्या गरेको आशंका छ ।

प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान गर्ने बताएको छ ।

कमेन्ट गर्नुहोस्