प्रचण्डले भने, ‘सीमामा बनाएका बाँधबारे भारतसँग दरो किसिमले संवाद गर्नु जरुरी छ’

जनकपुरधाम । पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्डले सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधले उत्पन्न हुँदै आएको समस्या समाधानका लागि भारतसँग दरो किसिमले संवाद गर्नु जरुरी भएको धारणा व्यक्त गरेका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिद्वारा मंगलबारजनकपुरधाममाआयोजित छलफलमा उनले बाँधका कारण उत्पन्न समस्या समाधानका लागि दुवै देश मिलेर जनताको हितमा कार्य गर्नु आवश्यक रहेकाे बताए। बाँध निर्माणले बर्सेनि उत्पन्न समस्या समाधानका लागि दुवै देशले सहकार्य र समझदारी गर्नु अपरिहार्य भइसकेको उनले बताए।

याे पनि पढ्नुस  भरतपुर विमानस्थलको स्तरोन्नती र बिस्तार अति जरुरी– अध्यक्ष प्रचण्ड

अध्यक्ष प्रचण्डले विपद् आएपछि मात्र उद्धार, राहत र तत्कालीन व्यवस्थाको चक्रव्यूहबाट पार पाउन विपद्को चुरो पहिल्याई दीर्घकालीन समाधानका उपाय अवलम्बन गर्नु आवश्यकभएकाे बताए। प्रदेश २ मा चुरे संरक्षण, बलियो बाँध निर्माण र नदीनाला नियन्त्रणका कार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उनले सिङ्गै नेपालको समृद्धि प्रदेश २ सँग अन्तरनिहित भएका कारण पनि विपद्को दीर्घकालीन हिसाबले समाधान गर्न ध्यान केन्द्रित गर्नु जरुरी रहेकाे धारणा राखे।

याे पनि पढ्नुस  नेपाली भूमिलाई चीनविरुद्ध प्रयोग गर्न दिइन्न– प्रचण्ड

अध्यक्ष दाहालले प्रदेश २ मा बाढीबाट पीडित जनसमुदायका लागि एउटा प्याकेजसहित आउने सरकारको तयारी भइरहेको जानकारी गराए।

यस्तैपूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले छिमेकी राष्ट्र भारतले नदीको प्राकृतिक बहावलाई अवरोध पुर्‌याउने किसिमले बाँध निर्माण गरेका कारण सीमावर्ती क्षेत्रका गाउँबस्तीमा डुबान र कटान समस्या जटिल बन्दै गएकातर्फ ध्यानाकर्षण गराए। विपद्को स्थायी समाधानको उपाय पहिल्याइ प्रभावकारी रूपले कार्यान्वयनमा ध्यान जानु जरुरी भएको चर्चा गर्दै उनले चुरे संरक्षणका लागि सक्रिय रूपले लाग्नुपर्नेमा जोड दिए।

याे पनि पढ्नुस  अध्यक्ष प्रचण्ड भेटेर सामन्त तथा सुदखाेर पीडित महिलाहरु रुन थालेपछि.. (भिडियाे)

प्रदेश २ का आन्तरिक मामिला कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेश २ मा हरेक वर्षायाममा विपद् आइपर्ने भएकाले यसको स्थायी समाधानमा संघीय सरकारको सहयोग अपरिहार्य भइसकेको बताए।

कमेन्ट गर्नुहोस्