गोली प्रहार गरी प्रहरीको हतियार लुट्ने पक्राउ

रौतहटः  गोली प्रहार गरी प्रहरीको हतियार लुट्ने फरार एक अभियुक्त पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गरुडा नगरपालिका–२ का रामएकवाल सहनी रहेका छन् । सहनीलाई सोमबार साँझ गरुडा–२ को झाँझपुलबाट पक्राउ गरेको हो ।

रौतहटका प्रहरी निरीक्षक पप्पु नायकका अनुसार २०६७ साल मंसिर १७ गते ईलाका प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी नायब निरीक्षक लवजंग चौहानलाई गोली प्रहार गरी उनको साथमा रहेको ५४ एमएमको ठूलो चाइनिज पेस्तोल लुटेर सहनी फरार थिए ।

याे पनि पढ्नुस  विप्लव नेकपाको कुन प्रदेशमा कस्तो प्रभाव?

सर्लाहीको भवानीपुर ३ सुकुमारी मन्दिर नजिकै तत्कालिन भूमिगत संगठन तराई मुक्ती मोर्चा र प्रहरीबीच गोली हानाहान हुनेक्रममा उक्त हतियार लुटिएको थियो ।

सो समूहका ५ मध्ये २ जनाको मृत्यु भइसकेको र एक जना केही महिनाअघि पक्राउ परिसकेको उनले बताए । उक्त घटनामा संलग्न एक आरोपी अझै फरार रहेको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  ३० लाख अवैध रुपैयाँसहित धनगढीमा एक भारतीय पक्राउ

पक्राउ परेका सहनीलाई हातहतियार तथा खरखजाना मुद्दामा आवश्यक कारवाहीका लागि सर्लाहीको जिल्ला प्रहरी कार्यालय पठाइएको छ ।

कमेन्ट गर्नुहोस्