अर्कैको नाममा परीक्षा दिने युवती पक्राउ

महेन्द्रनगरः  कञ्चनपुरमा अर्कैको नाममा एसइई पुरक परीक्षा दिने युवती पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा वेदकोट नगरपालिका हात्तीथलाकी लक्ष्मी धामी रहेकी छिन् ।

भीमदत्त नगरपालिकास्थित शान्तिनिकेतन माविकी छात्रा अनिता धामीको नाममा परीक्षा दिने लक्ष्मी धामीलाई प्रहरीले पक्राउ गरेको हो।

धामीले अनिताका लागि एसइईको गणित विषयको परीक्षा दिएको प्रहरीले जनाएको छ।

याे पनि पढ्नुस  छिमेकी वडाध्यक्ष कुट्ने वडाध्यक्ष पक्राउ

कमेन्ट गर्नुहोस्