काठमाडौंमा पानीको ट्यांकरभित्र भेटियो अढाई केजी गाँजा

काठमाडौंः  उपत्यकामा पानी ओसार्ने एउटा ट्यांकरबाट प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरिएको छ ।

महानगरीय प्रहरी वृत्त कीर्तिपुरको टोलीले यही सोमबार राति कीर्तिपुर नगरपालिका–१० मा त्रिवि आँखा अस्पताल अगाडिबाट उक्त गाँजा बरामद गरेको हो ।

बा.२ ख‍.९४२६ नम्बरको पानी ट्याङ्कर चेकजाँच गर्ने क्रममा पानी ट्याङ्करमा लुकाईछिपाई राखिएको अवस्थामा लागूऔषध गाँजा २ किलो ३०० ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले ट्यांकरबाट ४० हजार रूपैयाँ र ४ थान मोबाइल पनि बरामद गरेको छ । ट्याङकर चालक मकवानपुर घर भई काठमाडौंको चोभार बस्ने २० वर्षीय दिपक लो, ३० वर्षीय देवराज गोले र १८ वर्षीय सुरेश तामाङलाई पक्राउ गरेको छ ।

कमेन्ट गर्नुहोस्