भिडियोमा किन पुडासैनीको आवाज र हाउभाउ फरक–फरक?

चितवनः  पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरिएको भिडियो उनकै भएको पुष्टि भएको छ ।

फरेन्सिक ल्याब परीक्षणबाट भिडियोमा बोलिएको आवाज उनकै रहेको पुष्टि भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रहरी स्रोतका अनुसार पुडासैनीको आवाज फरक–फरक आउनुको मुख्य कारण भिडियो क्लिप जोडिएको भएर हो ।

याे पनि पढ्नुस  विप्लव र राजावादीबीच साँठगाँठ ?

‘जुन भिडियो छ, त्यो एउटै होइन, मोबाइलमा विभिन्न पाँचवटा लामा र दुई वटा छोटा भिडियो क्लिपलाई जोडेर तयार पारिएको हो, त्यसकारण पनि आवाज फरकफरक आएको हो’ प्रहरी स्रोतले भन्यो ।

प्रहरीका अनुसार छुट्टाछुट्टै भिडियो क्लिप भएर नै कुनै बेला सिरानी देखिएको छ, कुनै बेला देखिएको छैन र हाउभाउ पनि फरकफरक आएको छ ।

याे पनि पढ्नुस  रविको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन उच्च दालतको आदेश

कमेन्ट गर्नुहोस्