अष्ट्रेलियालाई ठूलो झड्का, तेस्रो खेलमा स्मिथ उपलब्ध नहुने

काठमाडौंः  इंग्ल्याण्ड विरुद्धको एशेस टेस्ट क्रिकेट सिरिज खेलिरहेको अष्ट्रेलिया क्रिकेट टिमलाई ठूलो झड्का लागेको छ ।

टिमका मुख्य ब्याट्सम्यान स्टिभ स्मिथ घाइते भएपछि अष्ट्रेलियालाई ठूलो झड्का लागेको हो । स्मिथ दोस्रो टेस्टमा जोफ्रा आर्चरको बलमा घाइते भएका थिए ।

आर्चरले गरेको बाउन्स बल स्मिथको गर्धनमा लागेको थियो । र, उनी मैदानमै लडेका थिए । घाइतेका बाबजुत पनि उनी पछि ब्याटिङ गर्न आएका थिए ।

याे पनि पढ्नुस  स्मिथको रेकर्डः इंग्ल्याण्डविरुद्ध लगातार १० औं अर्धशतक

शतक बनाउन नसके पनि स्मिथले उक्त खेलमा ९२ रन बनाउन सफल भएका थिए । तर, अब भने उनी फिट नभएकाले श्रृंखलाका बाँकी खेल गुमाउने भएका छन् ।

इंग्ल्याण्ड र अष्ट्रेलियाबीचको तेस्रो टेस्ट २२ अगस्टदेखि २६ अगस्टसम्म चल्ने छ । सिरिजमा अष्ट्रलियाले १–० ले अग्रता बनाएको छ । दोस्रो टेस्ट ड्र भएको थियो ।

याे पनि पढ्नुस  आइसीसी टेस्ट वरियताः विराटलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिए स्मिथ

कमेन्ट गर्नुहोस्