रवि लामिछानेलाई फेरी ५ दिन हिरासतमा राख्न अदालतको आदेश

चितवनः  रवि लामिछानेसहित तीन जनालाई हिरासत मै राखेर अनुसन्धान गर्न फेरी पाँच दिनको म्याद थपिएको छ। म्याद थप गर्नका लागि तीनै जनालाई मंगलबार जिल्ला अदालत चितवनमा उपस्थित गराइएको थियो।

पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका पत्रकार रवि लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई अनुसन्धानका लागि म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए।

एसपी मल्लले पोस्टमार्टम रिपोर्ट, भिडियोको डिजिटल ल्याब रिर्पोट, पुडासैनीले डोरी किनेको सीसीटीभी फुटेजलगायत अन्य रिर्पोटहरुसहित म्याद थपका लागि अदालतमा पेस गरिएको बताए।जिल्ला न्यायाधीश केशव अधिकारीको इजालासमा बहस गरिएको हो।

कमेन्ट गर्नुहोस्