यस्ती देखिन्छिन् मेकअपबिना करिना कपुर

एजेन्सीः  बलिउड नायिका करिना कपुरको बिना मेकअप गरेको तस्बिर सामाजिक संजालमा भाइरल भइरहेको छ।

उक्त तस्बिर आफ्नो फ्यान पेजमा सेयर गरेपछि उनी ट्रोलको शिकार बनेकी छन्। उक्त तस्बिरमाथि उनका फ्यानहरुले विभिन्न टिकाटिप्पणी गरेका छन्।

एक युजरले लेखेका छन्, ‘अब तपाई बुढी हुनुभयो । पहिलाजस्तो देखिनु भएको छैन। अब बुढीआमा। बुढी करिना। कृपाया डाइटिङ बन्द गर्नुहोस् । आन्टीजस्तै देखिनु भाछ।’

अर्का युजर जसले करिनाको समर्थन गर्दै लेखेका छन्, ‘धेरै मानिसले करिनाको बिना मेकअप गरेको तस्बिर मन पराएका छन्।’

कमेन्ट गर्नुहोस्