सिंहदरबारभित्रै आत्महत्या गरेका नासुले मार्मिक व्यथा लेखेको ‘सुसाइड नोट’ फेला

काठमाडौं ।  सिंहदरबारमा मृत भेटिएका कर्मचारी बच्चुराम केसी अन्ततः आत्महत्या गरेको बुझिएको छ ।

उनले एक सूसाइड नोट समेत लेखेको भेटिएको छ । जहाँ उनले घर व्यवहार मिलाउन नसकेर आत्महत्या गरेको उल्लेख गरेको कुरा प्रहरीले जनाएको छ । एक प्रहरी निरीक्षकले जनाएअनुसार उनले सूसाइड नाेटमा घर खर्च चलाउन नसकेर आत्महत्या गरेकाे उल्लेख छ ।

उनले नोटमा लेखेका छन्, ‘घरव्यवहार मिलाउन नसकेर यस्तो निर्णय गरेँ, यसमा कसैको दोष छैन । मिडियावाजी नगर्नू र चिन्ता नगर्नू ।’ उनको शव अहिले पोष्टमार्टमका लागि टिचिङ अस्पतालमा राखिएको छ ।

सिंहदरबारस्थित योजना आयोगका कर्मचारी बच्चुराम केसी मंगलबार बिहान कार्यालयमै मृत भेटिएका थिए । उनको साथबाट ‘सूसाइड नोट’ भेटिएको प्रहरीले जनाएको हो । उनकाे शवनजिकै विषादीकाे बट्टा समेत भेटिएकाे थियाे । अन्नपूर्ण पाेस्टबाट

कमेन्ट गर्नुहोस्