भदौ ६ गते सार्वजनिक बिदा

काठमाडौंः  भदौ ६ गते सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले विज्ञप्ति निकालेर ‘गौरा पर्व’को अवसरमा भदौ ६ गते सार्वजनिक विदा दिने घोषणा गरेको हो ।

मन्त्रालयले सुदूरपश्चिम प्रदेशका सम्पूर्ण जनसमूदायमा गौरा पर्वका अवसरमा शुभकामना समेत व्यक्त गरेको छ ।

योसँगै गौरा पर्वको अवसरमा यही भदौ ६ गतेका दिन कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, डोटी, अछाम र बाजुरामा सार्वजनिक बिदा दिइएको हो ।

कमेन्ट गर्नुहोस्