पोर्न स्टार खलिफा भन्छिन्, ‘पेसा छोडिसक्दा हिट भएँछु’

चर्चित पोर्न स्टार मिया खलिफाले पहिलो पटक आफ्नो करियरबारे खुलेर कुराकानी गरेकी छन् ।

अमेरिकी लेखक मेगन अबोटलाई दिएको अन्तवार्तामा मिया खलिफाले पोर्न बनाउने कम्पनीले अबोध युवतीहरुलाई आफ्नो शिकार बनाउने गरेको बताएकी छन् ।

२६ वर्षीया मिया खलिफाले पोर्न उद्योगमा मात्रै ३ महिना काम गरिन् । २०१४ को अक्टोबरदेखि काम गरेकी उनले २०१५ को सुरुवातमै यो क्षेत्रबाट हात झिकिन् ।

जुन समयमा उनी पोर्नको घृणित दुनियाबाट बाहिर निस्किइन्, त्यतिबेला उनी इन्टरनेटमा हिट भइसकेकी थिइन् । उनले अन्तवार्तामा अहिलेसम्म पनि आफ्नो विगतबारे बोल्न नपाएको बताएकी छन् ।

उनले ट्विट गरेर लेखेकी छन्, ‘मानिसहरुलाई पोर्न क्षेत्रमा करोडौं कमाउँछु जस्तो लाग्छ । तर मैले यो कामबाट मात्रै १२ हजार डलर कमाएँ । यसपछि मैले यो कामबाट एक पैसा पनि कमाइन । पोर्न क्षेत्र छाडेपछि आम नोकरी खोज्न मलाई समस्या भयो । पोर्न मेरा लागि निकै डरलाग्दो थियो ।’

मिया खलिफा सबैभन्दा बढी हेरिने पोर्न स्टार हुन् । तर यस्तो कामबाट उनी जति चर्चित भइन्, सो अनुसारको दाम उनले पाइनन् ।

अहिले पनि उनको नामबाट एउटा वेबसाइट चल्छ । तर यसमा उनी मालिक हैनन् र पैसा पनि पाउँदिनन् ।

उनी भन्छिन्, ‘यो वर्ष म त्यो वेबसाइटबाट नाम हटोस् भन्ने चाहन्छु ।’ मिया लेबनानी मूलकी हुन् । छोटो पोर्न करियर उनको विवादित पनि बन्यो ।

हिजाब लगाएर शुट गरिएको भिडियोको मुस्लिम सम्प्रदायमा विवादको विषय बन्यो । त्यसैका कारण आईएसले उनको ज्यान लिने धम्की दियो ।

उनका इन्स्टाग्राममा मात्रै उनका १७ लाख फलोअर छन् । उनले सन् २०१४ मा पोर्न भिडियो बनाएकी थिइन् र यसलाई गोप्य राख्न चाहन्थिन् । तर छोटो समयमा नै भिडियोहरु बाहिर आए । उनको भिडियो बनाउने बेबसाईट ससारकै नम्बर एक बन्यो । शिलापत्रबाट साभार

कमेन्ट गर्नुहोस्