यू–१९ एसिया कपः नेपालको समूहमा टेस्ट खेल्ने देशसहित यूएई

काठमाडौंः  श्रीलंकामा हुने यू–१९ एसिया कप क्रिकेटका लागि नेपाल २ वटा टेस्ट खेल्ने देशको समूहमा परेको छ ।

नेपालल टेस्ट खेल्ने श्रीलंका र बंगलादेशको समूहमा परेका छ । यस्तै वेस्टर्न रिजनबाट छनोट भएको यूएई पनि रहेको छ ।

नेपालले इस्टर्न रिजन च्याम्प्यिनसिप जित्दै श्रीलंकामा सेप्टम्बर ५ देखि १४ तारिखसम्म हुने प्रतियोगितामा पहिलो खेलमा नेपालले श्रीलंकासँग खेल्ने छ ।

याे पनि पढ्नुस  श्रीलंकाको दोस्रो विकेट पतन, सागरलाई पहिलो सफलता (अपडेट)

यसैगरी नेपालले दोस्रो खेलमा सेप्टेम्बर ८ मा बंगलादेश र १० तारिखमा यूएईसँग खेल्ने भएको छ । यसैगरी अर्को समूहमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेतले प्रतिस्पर्धा गर्ने छन् ।

नेपालले यू–१९ एसिया कपका लागि तयारी सुरु गरिसकेको छ । एसीसीबाट स्वीकृति आउन ढिला भएपछि १२ अगस्टदेखि मात्रै औपचारिक प्रशिक्षण सुरु गरेको थियो ।

याे पनि पढ्नुस  बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल, प्लेइङ ११ मा को–कोले पाए मौका?

प्रतियोगिता सुरु हुनु १० दिनअघि नै श्रीलंका जाने नेपाली टिमले त्यही केही अभ्यास खेल पनि खेल्ने तयारी गरेको छ ।

कमेन्ट गर्नुहोस्