पारस शाहलाई राजनीतिक पार्टी खाेल्न समर्थकहरुकाे दबाब

काठमाडौं । त्रिभुवन विमानस्थलकाे दृश्य । पारस शाह परिवारसहित छन् । प्रहरीसँग विवाद भएपछि उनले ड्युटीमा रहेका प्रहरीलाई धकेल्छन् र भित्र जान्छन् ।

याे दृश्य त्यति असामान्य लाग्दैन ।

तर असामान्य दृश्य विमानस्थल बाहिरपट्टि देखिन्छ । एक हुल तन्नेरिहरु चर्काे स्वरमा नारा लगाईरहेका छन-
“हाम्राे राजा हाम्राे देश प्राण भन्दा प्याराे छ”
“युवराज पारसकी जय जय”
“पारस/राजा आउ, देश बचाउ”
….
पुर्व राजा ज्ञानेन्द्र शाह जिल्लातिर जाँदा उनकाे पक्षमा यस्ता नारा लागेकाे गणतन्त्र पछि पनि सुनएकाे थियाे, तर राजावादीहरुभित्रै पनि अालाेचित पारसका पक्षमा यसरी नाराबाजी भएकाे सम्भवतः याे पहिलाेपटक थियाे ।

आफ्नाे सनकी र उग्र स्वभावका कारण पारस परिवारबाट नै आलाेचित बनेकाे बेला उनका पछाडि उत्पादनमुलक समुहका युवाहरुकाे जमात उभिनु सामान्य मान्न सकिन्न ।

श्राेतका अनुसार अहिले यहि जमातले पारसलाई छुट्टै राष्ट्रपादी पार्टी खाेल्नुपर्ने सुझाव दिएकाे छ ।

देशमा बहुदलीय पार्टीहरुप्रति याे वा त्याे रुपमा वितृष्णा बढेकाे भन्दै देशव्यापीरुपमा राजाका मर्थक युवाहरुलाई समेटेर पारेटी खाेल्न सके आगामी निर्वाचनमा संगठित शक्ति आर्जन गर्न सकिने आकलन सहित पार्टि निर्माण गर्न दबाब दिएकाे श्राेत बताउँछ ।

यद्दपी श्राेतका अनुसार, पारस भने राजनीतिमा आउन चाहँदैनन । थाईल्याण्डकी एक युवतीसँग सम्बन्धमा रहेकाे बेला लागू औषधसहित पक्राउ परेपछि उनी निराशामा डुबेकाे र अझै पनि त्याे झटकाबाटबाट पुर्णरुपमा बाहिर आउन सकेका छैनन् । तर उनले नचाहेपनि उनका पछाडि राजा समर्थकहरुकाे जमात सक्रिय भएकाे श्राेतले जनायाे ।

ज्ञानेन्द्र शाहले बेलाबखत राजनीतिक दलहरुप्रति वितृष्णा पाेख्दै आएका छन् । पछिल्लाे समयमा उनले अाफ्नाे शक्ति बिस्तारका लागि चलखेल गरेकाे हल्ला पनि सार्वजनिक भए । तर पारस शाहका बारेमा भने कुनै चर्चा चलेकाे सुनिएन । कतिसम्म भने उनी कहाँ के गर्दै र कुन अवस्थामा छन भन्ने कुरा समेत कतै सार्वजनिक भएन । तर विमानस्थलमा उनीसँग देखिएकाे भीड र नाराबाजिले उनी अाफ्ना समर्थक र साथीभाईबीच सक्रिय रहेकाे संकेत देखिएकाे छ । तर पारसकाे स्वभाव र पृष्ठभूमि हेर्दा उनी राजनीति गर्न सक्ने पात्र भने कदापि लाग्दैनन ।

श्राेतका अनुसार, आवेगजन्य अवस्थामा साथीभाईले पारेटि खाेल्न भने पनि पारसकाे साटाे ज्ञानेन्द्र भने राजावादी शक्ति बढाउन लागिपरेकाे देखिन्छ । तर उनी राप्रपाकाे फुट र गुटबाट आजित भएकाे श्राेतले बतायाे ।

अवस्था के छ भने ज्ञानेन्द्र, पारस या अन्य कसैले पनि राजतन्त्र फर्काउन चाहेर जतिसुकै काेशिस गरेपनि अब भने नेपालमा त्याे सम्भव देखिन्न । प्रधानमन्त्री ओलीकै शब्दमा चिहानमा गाडिएकाे हाडले नयाँ जीवन कदापि पाउँदैन ।

कमेन्ट गर्नुहोस्