यौन सम्पर्कले गर्दा महिलाको शरीरमा देखा पर्छन् यस्ता परिवर्तन

धेरै महिलाहरूको रूपमा बिहे लगत्तै निकै परिवर्तन देखा पर्दछ । कतिपय उनीहरूको अनुहार बढी चम्किलो, नितम्ब र स्तन ठुला देखिने र अनुहारमा लाली छाएको भनेर धेरैले भन्ने गर्छन् । तर के यो साँच्चै हो त ?

हुन त महिलाहरूलाई प्रकृतिले नै कोमल र सुन्दर बनाइदिएको छ । कोइशोरवयमा टेक्ने बेला देखि नै पुरुषको व्यक्तित्वमा खस्रोपन थपिँदै जान्छ भने महिला झन् कोमल हुँदै जान्छन् ।

अझ बिहे गर्नासाथ नै उनीहरूको शरीरमा बाहिरबाट नै देख्न सकिने परिवर्तनहरूबारे विज्ञान के भन्छ त? यसबारेमा एउटा शोध केही दिन पहिले मात्रै युनिभर्सिटी अफ लीड्सका शोधकर्ताहरूले गरेका रहेछन् । उनीहरूले निकालेको नत्तिजालाई पत्याउने हो भने महिलाहरूको शरीरमा विवाहपछि उनले गर्ने सहवासका कारण उत्सर्जित हुने हर्मोनहरूले निकै ठुलो परिवर्तन ल्याउने गर्दछन् ।

शरीरले कुनै पनि प्रकारको सन्तुष्टिपश्चात सेरोटोनिन भन्ने हर्मोन उत्सर्जन गर्ने गर्दछ । यस हर्मोनले सन्तुष्टि अनुभूति हुने र त्यसले गर्दा अनुहारमा खुसी छाएजस्तो हुनाले पनि अनुहारमा लालिमा बढ्न सक्ने शोधको नतिजा रहेको छ ।

त्यस्तै एकै दिनमा धेरै पटक सहवास गरेको खण्डमा महिलाका नितम्ब चौडा हुने निष्कर्ष समेत सो शोधले निकालेको छ ।

एजेन्सीहरूले जनाए अनुसार यस शोधका लागि एउटा सर्वेक्षण गरिएको थियो । जस अन्तर्गत महिलाहरूको नितम्बको सबैभंदाठुलो भाग र कम्मरको सबै भन्दा समो भागको नाप लिएर त्यसका अधारमाकेही निष्कर्ष निकालिएको थियो ।

यस क्रममा धेरै पटक यौन सम्पर्क गर्ने महिलाहरूको कम्मर र नितम्बको आकारबीच अरू महिलाको भन्दा बढी अन्तर रहेको थियो ।

अध्ययनले कम्मर पातलो हुने महिलालाई गर्भवत हुन समस्या नहुने र नितम्बको आकार ठुलो हुने महिलालाई बच्चा जन्माउन सजिलो भएको पाइएको थियो ।

 

कमेन्ट गर्नुहोस्