भरतपुरमा पक्राउ परेका प्रदर्शनकारीलाई धमाधम मुद्धा दर्ता गर्दै प्रहरी

चितवन, पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका रवि लामिछानेलगायत तीन जनालाई हिरासतमा राख्न म्याद थप गरेलगत्तै प्रदर्शनकारीले भरतपुरमा प्रर्दशन गरेका छन् । भरतपुरको चौविसकोठीमा प्रदर्शनमा उत्रिएका प्रर्दशनकारी र प्रहरी विच झडप भएको छ । चौविसकोठीमा सडक अवरुद्ध गर्न खोज्ने क्रममा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसअघि प्रहरीले १८ जनालाई नियन्त्रणमा लिएको थियो । जसमध्य चार जना मंगलबार धरौटीमा रिहा भएका छन् । १ गते प्रहरीले पक्राउ गरेका चार जनाले जिल्ला प्रशासन कार्यालय चितवनमा पाँच सय रुपैंया धरौटी बुझाएर रिहा भएका हुन् । साउन ३२ गते ४ जना र २ गते पक्राउ परेका १० जनाको मुद्धा दर्ता गरी म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्