पासवर्डका लागि सनि लियोनी नेपाल आउँदै

बलिउडकी अभिनेत्री सन्नी लियोनी नेपाली फिल्ममा अभिनय गरिसकेकी छन् । नेपाली फिल्म ‘पासवर्ड’को ‘आजको शाम’ बोलमा अभिनय गरेकी सन्नीको गीत करिब ४० लाखले हेरिसकेका छन् ।

उनले यस गीतका लागि ३ लाख रुपैयाँ पारिश्रमिक लिएकी थिइन् ।

सन्नी जोडिएसँगै चर्चामा रहेको फिल्म ‘पासवर्ड’ यही भदौ २७ गतेदेखि रिलिज हुने तयारीमा रहेको छ ।

फिल्मको प्रिमियर प्रदर्शन राजधानी काठमाडौ‌ंमा हुँदैछ । यसका लागि अभिनेत्री सन्नी नेपाल आउने पक्का भएको छ । मंगलबार भिडियो सन्देशमार्फत् उनी नेपाल आउने जानकारी दिएकी छन् ।

कमेन्ट गर्नुहोस्