विनोद र गोमाको स्वरमा ‘चट्टपरि साईतमा’ गीत सार्वजनिक

गायक विनोद विश्वकर्मा र गायिका गोमा खत्रीको सुमधुर आवाज रहेको तीज गीत ‘चट्टपरि साईतमा’ बोलको गीत तथा म्युजिक भिडियो सार्वजनिक भएको छ ।

शब्द तथा संगीत विनोद विश्वकर्माको रहेको गीतमा कुमार सानु पुनको मिक्सिङ रहेको छ ।भिडियोलाई प्रविण आत्रेयले सम्पादन तथा निर्देशन गरेका छन् । भिडियोको छायांकन विमल विश्वकर्माको रहेको छ ।

भिडियोमा निरु कोईराला, दुर्लभ थापामगर, दिनेश विश्वकर्मा लगायतको अभिनय रहेको छ । कमेडी जनरमा निर्माण गरिएको भिडियोमा नेपालमा रेल आउँछ कि आउँदैन भन्ने विषयलाई व्यंगात्मकढंगले प्रस्तुत गरिएको छ ।

भिडियो हेर्नुहोस् ।

कमेन्ट गर्नुहोस्