Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बल लागेर घाइते भएका स्मीथ टिमबाट बाहिरिए, संकटमा इङ्गल्याण्ड

लन्डन : इङ्ग्ल्याण्ड तीब्र गतिका बलर जोफ्रा आर्चरको बाउन्सर बलले लागेर घाइते भएका अस्ट्रेलियाका ब्याट्स्म्यान स्टेभेन स्मीथ इङ्ग्ल्याण्डविरुद्ध टेस्ट सिरिजको तेस्रो खेलमा टोलीमा समावेश हुन सकेनन् । उत्कृष्ट लयमा रहेका स्मीथ टिममा नहुँदा अस्ट्रेलियन टोलीलाई क्षति पुग्ने देखिन्छ।

प्रशिक्षक जस्टिन लैंगरले स्मीथलाई टिममा नराख्ने निर्णय गर्नु ‘सामान्य’ भएको सञ्चार माध्यमलाई प्रतिक्रिया दिएका छन् । स्मीथ अस्ट्रेलियाका भरपर्दा ब्याट्स्म्यान हुन् । उनले टेस्ट सिरिजको पहिलो खेलको दुवै पारीमा शतक प्रहार गरेका थिए । पहिलो टेस्टमा उनकै शतकको मद्दतमा अस्ट्रेलियाले इङ्ग्ल्यान्डमाथि २५१ रनको सानदार जित निकालेको थियो ।

लर्डस् मैदानमा भएको टेस्ट सिरिजको दोस्रो खेलमा स्मीथ घाइते भएका थिए । उनी टेस्ट सिरिजको तेस्रो शतक नजिक पुग्दा बाहिरिनु परेको थियो । उनले ९२ रन जोडिसकेका थिए । पाँच खेलको टेस्ट सिरिजको तेस्रो खेल अगस्ट २२ मा हेडिङले क्रिकेट मैदानमा सुरु हुनेछ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: