के छ गीताको पहिलो अध्यायमा? (नेपाली पूर्ण पाठसहित)

श्रीमद्भागवत गीताहिन्दू धर्मका पवित्रतम ग्रन्थहरूमा एक हो । यो ऐतिहासिक हिन्दूग्रन्थ महाभारतको भीष्म पर्वबाट लिएको एक सानो ग्रन्थ हो । यसमा १८ अध्याय छन् । यसलाई मोक्षशास्त्र पनि भनिन्छ । भगवद्गीता अनुमानत आज भन्दा लगभग ५००० हजार बर्ष पहिला अर्थात कलियुगको आरम्भमा कुरुक्षेत्र नामको युद्ध भूमिमा कृष्णले गीताको उपदेश अर्जुनलाई दिएका थिए । यो संजय र धृतराष्ट्रको संवादमा प्रश्नोत्तर प्रकारले लेखिएको छ यसमा १८ अध्याय छन् भने ७०० सौ पद्यात्मक संस्कृतश्लोक छन् । यसमा अनुष्टुप छन्दको अधिक प्रयोग भएको छ ।

स्तुति आदि पद्यमा अन्य छन्दको पनि प्रयोग गरिएको छ यसको प्रथम अध्यायमा अर्जुनले खेद व्यक्त गरेको हुनाले अर्जुन विषादयोग अध्याय भनिएको छ । यस्तै प्रकारले अर्जुन र कृष्णको संवाद अनुसार अन्य अध्यायको पनि नाम राखिएको छ यसमा एकेश्वरवाद, कर्म योग, ज्ञानयोग, भक्ति योगको अध्याय क्रम अनुसार सुन्दर ढंगले चर्चा भएकोछ । यो ऐतिहासिक ग्रन्थ महाभारतको भीष्मपर्व अन्तर्गत दिइएको उपनिषद हो यसमा अनित्य देह भन्दा नित्य आत्मा को निरूपण गरिएकोछ। यसलाई मोक्ष ग्रन्थ पनि भनिएको छ ।

श्रीमद्भगवद्गीता अध्याय एक
अर्जुन विषादयोग

धृतराष्ट्र उवाच

धर्मक्षेत्रे कुरुक्षेत्रे समवेता युयुत्सवः ।
मामकाःपण्डवाश्चैव किमकुर्वत सञ्जय ।।१।।
अर्थ
धृतराष्ट्रले सोधे— हे सञ्जय, धर्मक्षेत्ररुपी कुरुक्षेत्रमा युद्धका इच्छाले जम्मा भएका मेरा छोराहरु र पाण्डुका छोराहरुले के गरे ?१।

सञ्जय उवाच

दृष्ट्वा तु पाण्डवानीकं व्यूढं दुर्याेधनस्तदा ।
आचार्यमुपसंगम्य राजा वचनमब्रवीत् ।।२।।

अर्थ
सञ्जयले भने— राजा दुर्याेधनले त्यसबेला व्यूहाकारमा सजाएको पाण्डव सेनालाई देखेर आचार्य द्रोणको नजीकमा पुगेर यसो भने–।।२।।

पश्यैतां पाण्डुपुत्रणामाचार्यं महतीं चमूम् ।
व्यूढां द्रुपद पुत्रेण तव शिष्येण धीमता ।।३।।

अर्थ
हेर्नुहोस् आचार्य, तपाईंको ज्यादै बाठो शिष्य राजा द्रुपदको छोरो धृष्टद्युम्नले पाण्डवको सैन्यलाई व्यूहाकारमा सजाएको छ ।

अत्र शूरा महेष्वासा भीमार्जुनसमा युधि ।
युयुधानो विराटश्च द्रुपदश्च महारथः।।४।।

अर्थ

यहा“ (पाण्डवको सेनामा) भीमसेन र अर्जुन बराबरका ठूला धनुर्धारी वीरहरु छन््— युयुधान, विराट, महारथी—द्रुपद–

धृष्टकेतुश्चेकितानःकाशिराजस्व वीर्यवान् ।
पुरुजित्कुन्तिभोजस्च शैव्यश्च नरपुङ्गवः ।।५।।

अर्थ
धृष्टकेतु, चेकितान, बलवान् काशीराज, (राजा) पुरुजित, कुन्तीभोज,

नरश्रेष्ठ शैव्ययुधामन्युश्च विक्रान्त उत्तमौजाश्च वीर्यवान् ।
सौभद्रो द्रौपदेयाश्च सर्व एव महारथः ।।६।।

अर्थ
पराक्रमी—युधामन्यु, बलशाली—उत्तमौजा, सुभद्रापुत्र अभिमन्यु, र द्रौपदीका पांच छोरा यी सवका सब महारथी हुन् ।।३–६।।
अस्माकं तु विशिष्टा ये तान्निबोध द्विजोत्तम ।
नायका मम सैन्यस्य संज्ञार्थं तान् ब्रवीमि ते ।।७।।

अर्थ
तर हे आचार्य, हामीहरुतर्फका पनि मुख्य मुख्य योद्धाहरुलाई हेर्नुहोस् । तपाईंको जानकारीका लागि तिनीहरुको नाम भन्दछु ।
भवान्भीष्मश्च कर्णश्च कृपश्च समितिञ्जयः ।
अश्वत्थामा विकर्णश्च सौमदत्तिस्तथैव च ।।८।।

अर्थ
हजुर, भीष्मपितामह, कर्ण, युद्धविजयी—कृपाचार्य, अश्वत्थामा, विकर्ण तथा भूरिश्रवा यी हाम्रो पक्षका मुख्य मुख्य योद्धाहरु हुन् ।
अन्ये च बहवः शूरा मदर्थे त्यक्तजीविताः ।
नानाशस्त्रप्रहरणाः सर्वे युद्धविशारदाः ।।९।।

अर्थ
यी बाहेक अरु पनि अनेक वीरहरु छन् ती सबै मेरो निम्ति ज्यान हत्केलामा राखेर युद्ध गर्दैछन् । र अनेक शस्त्रास्त्रले सुसज्जित तथा युद्धकलामा दक्ष छन् ।।७–९।।

अपर्याप्तं तदस्माकं बलं भीष्माभिरक्षितम् ।

पर्याप्तं त्विदमेतेषां बलं भीमाभिरक्षितम् ।। १० ।।

अर्थ
भीष्मद्वारा रक्षित हाम्रो सेना अपर्याप्त छ तर भीमसेनद्वारा रक्षित उताको त्यो सेना पर्याप्त छ ।।१०।।

अयनेषु च सर्वेषु यथाभागमवस्थिता ः।
भीष्मेवाभिरक्षन्तु भवन्तः सर्व एव हि ।।११।।

अर्थ

तपाईंहरु सबैले युद्धका सबै अयन (मोर्चा) हरुमा आआफ्नो भागमा रहेर सबैतिरबाट भीष्मजीको नै रक्षा गर्नुहोस् ।
अनि, प्रतापशाली कुरुकुल वृद्ध भीष्मजीले दुर्योधनलाई खुशी गराउन उच्चस्वरले गर्जेर शंख बजाउनु भयो ।

तस्य संजनयन्हर्षं कुरुवृद्ध पितामहः ।
सिंहनादं विनयाद्यौच्चै शंखं दध्मौ प्रतापवान् ।। १२।।
ततः शंखाश्च भेर्यश्च पणावानकगोमुखाः ।
सहसैवाभ्यहन्यन्त स शब्दस्तुमुलोऽभवत् ।।१३।।

अर्थ

भीष्मजीले यसरी शंखध्वनि गरेपछि कौरव सैन्यमा शंख, नगरा, ढोल,मृदंग, नर्सिङ्गा आदि युद्धका सबै बाजाहरु सहसा बजे जसले डरलाग्दो आवाज भयो ।।११–१३।।

(पाण्डवहरुद्वारा शंखनाद)

ततः श्वेतैर्हयैर्युक्ते महति स्यन्दने स्थितौ ।
माधवः पाण्डवश्चैव दिव्यौ शङ्खौ प्रदध्मतुः ।। १४।।

अर्थ
कौरव सैन्यमा रणभेरी बजेपछि सेतो घोडाले युक्त रथमा बसेर श्रीकृष्ण र अर्जुन दुवैले उच्चस्वरले दिव्य शंखहरु बजाए ।

पाञ्चजन्यं हृषीकेशो देवदत्तं धनञ्जय ः ।
पौण्ड्रं दध्मौ महाशङ्खं भीमकर्मा वृकोदर ः ।।१५।।
अनन्तविजयं राजा कुन्तीपुत्रो युधिष्ठिरः ।

नकुलः सहदेवश्च सुघोषमणिपुष्पकौ ।। १६।।
काश्यश्च परमेष्वास शिखण्डी च महारथः

धृष्टद्युम्नो विराटश्च सात्यकिश्चापराजिताः ।।१७।।
द्रुपदो द्रौपदेयाश्च सर्वशः पृथिवीपते ।

सौभद्रश्च महाबाहुः शंखान्दध्मुः पृथक् पृथक् ।। १८।।
स घोषो धार्तराष्ट्राणां ह्दयानि व्यदारयत् ।

नभश्व पृथिवीं चैव तुमुलो व्यनुनादयन् ।। १९।।

अर्थ

हृषीकेश (श्रीकृष्ण) ले पाञ्चजन्य, अर्जुनले देवदत्त, उग्रकर्म गर्ने भीमसेनले पौण्ड्र नामक महाशंख बजाए ।
कुन्तीपुत्र राजा युधिष्ठिरले अनन्तविजय, नकुलले सुघोष र सहदेवले मणिपुष्पक नाम गरेको शंख बजाए ।
हे राजन, ठूला धनुर्धारी—काशीराज, महारथी—शिखण्डी, (सेनापति) धृष्टद्युम्न, राजा– विराट्, अजेय—सात्यकि, राजा—द्रुपद्, द्रौपदीका पा“च पुत्र, तथा वीर अभिमन्यु यी सबैले आआफ्ना शंख बजाए ।

पाण्डवहरुको शंखध्वनिले आकाश, पृथ्वी सबै गुञ्जायमान भयो । यस आवाजले धृतराष्ट्रका सन्तानहरुको हृदय विदीर्ण भयो ।।१४–१९।।

अथ व्यवस्थितान् दृष्ट्वा धार्तराष्ट्रान् कपिध्वजः ।
प्रवृत्ते शस्त्रसंपाते धनुरुद्यम्य पाण्डवः ।। २०।।
हृषीकेशं तदा वाक्यमिदमाह महीपते ।

अर्थ

हे राजन, दुवै सेनापट्टि रणसूचक शंखनाद भइसकेपछि कपिध्वज अर्जुनले कौरवलाई युद्धका निम्ति तयार देखे । अनि आफुले पनि युद्ध गर्न तयारी साथ हातमा धनु उचालेर श्रीकृष्णलाई यी कुरा

अर्जुन उवाच

सेनयोरुभयोर्मध्ये रथं स्थापय मेऽच्युत ।।२१।।
यावदेतान्निरीक्षेऽहं योद्धुकामानवस्थितान् ।
कैर्मया सह योद्धव्यमस्मिन् रणसमुद्यमे ।। २२ ।।
योत्स्यमानानवेक्षेऽहं य एतेऽत्र समागताः ।
धार्तराष्ट्रस्य दुर्बुद्धेर्युद्धे प्रियचिकीर्षव ः ।।२३।।

अर्थ

अर्जुनले भने– हे अच्युत, युद्धका इच्छाले यहा“ आमने सामने भएका दुवै सेनाको बीचमा मेरो रथलाई लगेर अड्याउनुहोस् । यस युद्धमा मैले कुन कुनसंग युद्ध गर्नु पर्ने रहेछ ? दुर्बुद्धि दुर्योधन र
उसको भलो चाहनेहरु जो जो यहा“ आएका छन् । ती सबै लडाकु वीरहरुलाई मैले राम्ररी हेर्छु ।।२१–२३।।

सञ्जय उवाच
एवमुक्तो ह्षीकेषो गुडाकेशेन भारत ।
सेनयोरुभयोर्मध्ये स्थापयित्वा रथोत्तमम् ।२४।
भीष्मद्रोणप्रमुखतः सर्वेषां च महीक्षिताम् ।
उवाच पार्थ, पश्यैतान्समवेतान्कुरुनिति ।२
५।
अर्थ
सञ्जयले भने— हे भारत, अर्जुनले यस्तो भनेपछि श्रीकृष्णले दुवै सेनाको माझमा उत्तम रथलाई अड्याएर भीष्म, द्रोण तथा सबै राजाहरुका अगाडि यस्तो भन्नु भयो— हे पार्थ, जम्मा भएका यी कौरवहरुलाई हेर ।।२४–२५।।
तत्रापश्यत्स्थिान्पार्थः पितृनथ पितामहान् ।
आचार्यान्मातुलान्भ्रातृन्पुत्रान्पौत्रान्सखींस्तथा ।।२६।।
श्वशुरान् सुहृदश्चैव सेनयोरुभयोरपि ।
तान्समीक्ष्य स कौतन्यः सर्वान्बन्धूनवस्थितान् २७।।
कृपया परयाऽऽविष्टोविषीदन्निदमब्रवीत् ।

अर्थ
(श्रीकृष्णले यस्तो भनेपछि) अर्जुनले दुवै सेनामा उभिएका (भूरिश्रवादि) काकाहरु, (भीष्म—सोमदत्तादि) हजुरबाबाहरु, (द्रोण–कृपादि) आचार्यवर्ग, (शल्य—शकुनि आदि) मामाहरु, (दुर्याेधनादि) भाइहरु, (लक्ष्मणादि) पुत्रहरु र नातिहरु, (अश्वत्थामा—जयद्रथादि) सहपाठी साथीहरु, (द्रुपदादि) ससुुराहरु तथा (कृतवर्मा—भगदत्तादि) मित्रहरुलाई देखे । एवं प्रकार दुवै सेनामा खडा भएका आफ्ना ती बन्धुवर्गलाई देखेर अर्जुनलाई साह्रै करुणा लाग्यो र दुःखित भएर यो कुरा भने– ।।२६,२७।।

दृष्ट्वेमं स्वजनं कृष्ण, युयुत्सं समुपस्थितम् ।।२८।।
सीदन्ति मम गात्राणि मुखं च परिशुष्यति ।
वेपथुश्च शरीरे मे रोमहर्षश्च जायते ।।२९।।
गाण्डीवं स्रंसते हस्तात्त्वक्चैव परिदह्यते ।
न च शक्नोेम्यवस्थातुं भ्रमतीव च मे मनः ।।३०।।

अर्थ
अर्जुनले भने– हे कृष्ण, युद्ध गर्ने इच्छाले अगाडि उभिएका आफन्तीहरु देखेर मेरो अंग शिथिल हुन्छन् । मुख सुक्छ । शरीर जिरिङ्ग गराउ“छ । शरीर थर्थर कामिरहेको छ । छाला भत्भती पोल्छ । राम्ररी अडिन सकिरहेको छैन । मन पनि अत्यन्त अस्थिर र भ्रमपूर्ण भइरहेको छ ।।२८–३०।।

निमित्तानि च पश्यामि विपरीतानि केशव ।
न च श्रेयोऽनुपश्यामि हत्वा स्वजनमाहवे ।।३१।।
अर्थ

हे केशव, साइतहरु पनि उल्टा देख्दछु । यस कारणले पनि युद्धमा आफ्ना बन्धुवर्गलाई हत्या गरेर म कल्याण देख्दिन ।।३१।।
(अर्जुनको मोह र त्यसबाट उत्पन्न विषाद)

न काङ्क्षे विजयं कृष्ण, न च राज्यं सुखानि च ।
किं नो राज्येन गोविन्द, किं भोगैर्जीवितेन वा ।।३२।।
येषामर्थे काङिक्षतं नो राज्यं भोगाः सुखानि च ।
त इमेऽवस्थिता युद्धे प्राणांस्त्यक्वा धनानि च ।।३३।।
आचार्याः पितरः पुत्रास्तथैव च पितामहाः ।
मातुलाः श्वशुराः पौत्राः श्यालाः सम्बन्धिनस्तथा ।।३४।।
एतान्न हन्तुमिच्छामि घ्नतोऽपि मधुसूदन ।
अपि त्रैलोक्यराज्यस्य हेतोः किं नु महीकृते ।।३५।।
निहत्य धार्तराष्ट्रान्नः का प्रीतिः स्याज्जनार्दन ।
पापमेवाश्रयेदस्मान्हत्वैतानाततायिनः ।।३६।।
तस्मान्नार्हा वयं हन्तुं धार्तराष्ट्रान्स्वबान्धवान् ।
स्वजनं हि कथं हत्वा सुखिनः स्याम् माधव ।। ३७।।
यद्यप्येते नपश्यन्ति लोभोपहत चेतसः ।
कुलक्षयकृतं दोषं मित्रद्रोहे च पातकम् ।।३८।।

अर्थ

हे कृष्ण, म विजय, राज्य तथा सुख केही पनि चाहन्न । किनभने हे गोविन्द, हामीलाई राज्यले के हुन्छ ? भोगहरुले के हुन्छ ? अथवा बांच्नाले पनि के हुन्छ ? जसका निम्ति हामीलाई राज्य, भोग, तथा सुखहरु चाहिएका छन् तिनै आचार्य, काका, भतिजा, बाजे, मामा, ससुरा, नाती, साला तथा अरु सम्बन्धीहरु प्राण र धनको पनि आशा छाडेर युद्धमा आएका छन् । हे भगवान्, यिनीहरु मलाई मार्दछन् भने पनि मारुन्, तर म पृथ्वीको त के कुरा ? तीनलोक अर्थात् स्वर्ग, मत्र्य, र पातालको रजाई मिल्छ भने पनि मार्न चाहन्न“ । हे जनार्दन, कौरवहरुलाई मारेर हामीलाई के आनन्द होला ? यी अत्याचारीहरुलाई मारेर हामीलाई त केवल पाप मात्र लाग्ला । त्यस कारण, आफ्ना बन्धु धृतराष्ट्रका सन्तान मार्नु उचित छैन । किनभने हे माधव, आत्मीयजनलाई नै मारे पछि हामी कसरी सुखी हुन्छौं ? यद्यपि उनीहरुको आ“खा लोभले टालिदिएको छ र उनीहरुले कुलनाश र मित्र द्रोहको पाप देखिरहेका छैनन् । तर हामीले यो सबै जानी जानी यस पापबाट मुक्त हुने प्रयास गर्नु पर्दैन ? अर्थात् पर्छ ।।३२–३८।।

कथं न ज्ञेयमस्माभिः पापादस्मान्निवर्तितुम् ।
कुलक्षय कृतं दोषं प्रपश्यद्भिर्जनार्दन ।।३९।।
कुलक्षय प्रणश्यन्ति कुलधर्माः सनातना ः ।
धर्मे नष्टे कुलं कृत्स्नमधर्मोद्रभिभवत्युत ।।४०।।
अधर्माभिभवात्कृष्ण प्रदूष्यन्ति कुलस्त्रियः ।
स्त्रीषु दुष्टासु वाष्र्णेय जायते वर्णसंकरः ।।४१।।
संकरो नरकायैव कुलघ्नानां कुलस्य च ।
पतन्ति पितरो ह्येषां लुप्तपिण्डोदकक्रियाः ।।४२।।
दोषैरेतैः कुलघ्नानां वर्णसङ्रकारकैः ।
उत्साद्यन्ते जातिधर्माः कुलधर्माश्च शाश्वतः ।।४३।।
उत्सन्न कुलधर्माणां मनुष्याणां जनार्दन ।
नरकेद्रनियतं वासो भवतीत्यनुशुश्रम् ।। ४४।।
अहो वत् महत्पापं कर्तुंव्यवसिता वयम् ।
यद्राज्यसुखलोभेन हन्तुं स्वजनमुद्यताः ।।४५।।

यदि मामप्रतीकारमशस्त्रं शस्त्रपाणयः ।
धार्तराष्ट्रा रणे हन्युस्तन्मे क्षेमतरं भवेत् ।।४६।।

अर्थ

कुल नाश भएपछि सनातन कुलधर्म नाश हुन्छन् । अर्थात् समग्र कुल अधर्मले ग्रसित हुन्छ । कुलमा अधर्म फैलिएपछि कुलीन स्त्रीहरु पनि दूषित हुन जान्छन् । अनि स्त्री दूषित भए पछि संकर सन्तानहरु उत्पन्न हुन्छन् ।
कुलघातीको कुलमा उत्पन्न भएको वर्णसंकर केवल नरकको हेतु हुन्छ । यिनका पितृहरु श्राद्ध तर्पण क्रिया लुप्त भएर नरकमा खस्दछन् । वर्ण संकर बनाउने कुलघातीका यी दोषहरुले जातिधर्म र परम्परादेखि चलिआएका कुलधर्म पनि नाश हुन्छन् ।
हे जनार्दन, कुलधर्म नाश भएका मनुष्यहरुको धेरै कालसम्म नरकमा बास हुन्छ भन्ने कुरा (गुरु पूर्वजहरुका मुखबाट) हामीले सुनेका छौं । अहो, कति दुख लाग्ने कुरा हो । राज्यसुखका लोभले आफ्नै परिवारलाई मार्न तत्पर भएका हामीले कस्तो ठूलो अपराध गर्न थालेका रहेछौं ।
(युद्ध त प्रारम्भ भयो, अब केवल तिमीमाथि शस्त्र प्रहार हुन मात्रै बा“की छ, अब तिमी के गर्छौ ? यसको जवाफ अर्जुनले दिन्छन्–)
यदि हातमा शस्त्र लिएका कौरवहरुले प्रतिकार शून्य, निःशस्त्र मलाई युद्धमा मारे भने त्यो मार्नु मेरो निम्ति सारै असल हुनेछ ।।३८–४६।।

सञ्जय उवाच

एवमुक्त्वार्जुनः संख्ये रथोपस्थ उपाशिवत् ।
विसृज्य सशरं चापं शोकसंविग्नमानसः ।।४७।।
अर्थ

सञ्जयले भने— अर्जुनले युद्धका बीचमा यस्तो भनेर अस्त्र शस्त्र विसर्जन गरे अनि शोकले खिन्न मानसिकतासाथ रथका पछाडि बसे ।।४७।।

ॐ तत्सत् इति श्रीमद्भगवद्गीतासूपनिषत्सु बह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुन संवादे अर्जुनविषादयोगो नाम प्रथमोऽध्यायः।।

यस्ता प्रकारले श्रीमद्भागवद्गीता रुपी उपनिषद्मा ब्रह्मविद्या अन्तर्गतको योगशास्त्रमा श्रीकृष्ण–अर्जुन संवाद अन्तर्गतको अर्जुनविषाद योग नाम गरेको पहिलो अध्याय समाप्त भयो ।

कमेन्ट गर्नुहोस्