चुट्किलाः जवान छोरीसँग बाऊकाे बिहे‍‍…

चुट्किलाः जवान छोरीसँग मेरो बाऊले बिहे गर्यो

एकजना मानिस मनोचिकित्सकको क्लिनिकमा गयो ।

डाक्टरले उसको परीक्षण गरेपछि कुर्सीमा राखेर सोधपुछ शुरु गर्यो ।

ल भन त तिमी पागल कसरी भयौ ?

बिरामीः मैले एकजना विधुवासँग विवाह गरेँ

डाक्टरः अनि के ठूलो कुरा भयो त, यत्तिकैमा पागल भइदिने ?

बिरामीः पुरै कुरा त सुन्नुस् ।

डाक्टर ः ल भन के भयो त्यसपछि

बिरामीः के हुनु डाक्साब, उसको जवान छोरीसँग मेरो बाउले विहे गर्यो

अनि यसरी मेरो छोरी मेरो आमा भई

उनीहरुको घरमा फेरि छोरी जन्मिई

त्यो मेरो बहिनी भई तर म त उसको हजुरआमाको लोग्ने थिएँ

यसरी उ मेरो नातिनि पो भई

मेरो छोरोले आफ्नै बहिननीलाई पनि हजुरआमा भन्नुपर्यो

यसरी फेरी हेर्दा म आफ्नो छोराको भान्जा हुन पुगेँ ।

अनि मेरो बाउ मेरो ज्वाँई भयो

अनि मेरो आफ्नो छोरा हजुरबुवाको साला भयो अनि…।

डाक्टरः चुप साला, उपचार गर्न आ’को हो कि मलाई पनि पागल बनाउन ?

बिरामीः डाक्साब पुरै कुरा त सुन्नुस…..

अनि डाक्टर बेहोस

कमेन्ट गर्नुहोस्