प्रधानमन्त्री र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं, भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

नेपालमा आयोजना हुने नेपाल भारत संयुक्त बैठकमा सहभागी हुन आजै नेपाल आइपुगेका जयशंकरले बालुवाटार पुगेर प्रधानमन्त्रीलाई भेटेका हुन ।

भेटको बिस्तृत कुराकानी सार्वजनिक भएको छैन ।

तर यो भेट मूलतः औपचारिक र आजदेखि नै शुरु हुने बैठकका एजेण्डामा केन्द्रीत भएको बताइन् छ। नेपाल र भारतका परराष्ट्रमन्त्रीले अध्यक्षता गर्ने बैठकमा नेपाल र भारतबीचका विभिन्न विषयमा छलफल हुने कार्यक्रम छ ।

भोलीसम्म चल्ने बैठकमा भाग लिएर जयशंकरले राष्ट्रपतिसँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।

कमेन्ट गर्नुहोस्