आर्थिक विकासमा वित्तिय क्षेत्रको भूमिका (परीक्षाका लागि महत्वपूर्ण लेख)

टेक राज भट्ट ।

“विचार चारैतिरवाट वात
वताउ छाडीकन पक्षपात
यथार्थमा यो धन देखी अन्त
काहाँ छ माया ममता दुरन्त”

कवि शिरोमणी का यी हरफ बाट नै धनको महिमा थाहा हुन्छ । अहिलेको “बैश्य युगमा” हरेक सपना, सम्वन्ध र आकांक्षाहरु धनको माध्यम वाट मात्र पुर्ति हुन्छन । धन विहिनताको अनुभवले जिवनचर्या र जिवन पद्धती नै प्रभावित हुन्छ । पुंजीको निर्माण, विनिमय, वितरण र विकास धनकै सेरोफेरोमा रहेका हुन्छन । यहि धन/पैसालाई व्यवस्थापन गर्न सिकाएर बैंक वित्तिय संस्थाले समाजमा वित्तिय सभ्यता (Financial civilization) को विकास गरेका हुन्छन ।

कुनै पनि राष्ट्रको आर्थिक समृद्धि, आर्थिक विकास र आर्थिक वृद्धिमा बैंक तथा वित्तीय संस्थाको महत्वपुर्ण भूमिका हुन्छ । दृष्टिकोणका हिसावले हेर्दा विकास भन्ने शव्द समृद्धि र वृद्धि संग मात्र होईन यो वहुआयामिक पक्ष संग गासिएको हुन्छ । विकासले अधिकार, मर्यादा, सुरक्षा, शिक्षा, स्वास्थ्य जस्ता विविध पक्ष लाई समेटेको हुन्छ ।

विकास राजनितिक स्वतन्त्रता, आर्थिक विकास र मनोवैज्ञानिक रुपमा मान्छेलाई स्वतन्त्र भएर उभ्याउने ज्ञान गुण र सीपलाई प्रस्फुटन गराउने एउटा माध्यम हो । आर्थिक उदारिकरण, निजिकरण, विश्वव्यापिकरण राज्य, नीजिक्षेत्र र सहकारी मिश्रित आर्थिक प्रणाली, सार्वजनिक नीजि साझेदारी जस्ता अर्थ–राजनीतिले नै अहिलेको अर्थव्यवस्थालाई डो¥याएको हुन्छ । खुला वा वन्द राजनीतिक शासन प्रणालीमा पनि बैंक वित्तिय संस्थाको अहम भुमिका अर्थतन्त्रलाई चलायमान वनाउन र पुंजी निर्माणको लागि अपरिहार्य छ । बैंकिङ मानिसको आधारभुत आवश्यकता हो ।

गाँस, वाँस कपास, शिक्षा, स्वास्थ्य जस्तै बैंकिङ पनि अवको आधुनिक समाजमा अत्यावश्यक भैसकेको छ । बैंकिङवाट टाढा अवको कुनै पनि पुस्ता रहनै सक्दैन । तिब्र प्रतिस्प्रर्धा, लगानीकर्तालाई दिनु पर्ने उच्च प्रतिफल, संस्थागत सुसाशन नियमकिय परिधी भीत्र वस्नु पर्ने र उच्च पारदर्शी व्यवसायको कारण बैंकिङ सवैतिर चर्चा र परिचर्चाको विषय भै नै रहन्छ ।

विकसित वित्तिय प्रणालीले कुनै पनि राष्ट्रको पूँजी निर्माण (Capital Formation) र लगानीलाई प्रोत्साहित गरेको हुन्छ । बैंक वित्तिय संस्थाको लगानी उत्पादन मुलक क्षेत्रमा प्रवाहित हुने हो भने यस्ले अर्थ व्यवस्थामा इन्जिन (Engine) को भुमिका निर्वाह गरेको हुन्छ ।

विभिन्न सैद्धान्तिक र व्यवहारिक अनुसन्धानले पनि वित्तिय क्षेत्रको विकास र सुदृढिकरणले आर्थिक विकासमा महत्वपुर्ण योगदान दिने देखाउछ । वित्तिय मध्यस्थकर्ताहरुले कसरी आर्थिक प्रतिनिधी (Economic Agent) लाई सघाउछन र आर्थिक वृद्धीमा उत्प्रेरक भुमिका खेलेको हुन्छ भन्ने कुरामा वित्तिय प्रणाली कति सुदृढ र विश्वसनिय छ, वित्तिय प्रणालीको पहुंच, प्रभावकारिता र स्थिरता (Access, Efficiency and Stability) कस्तो छ भन्नेकुराले मार्गदर्शन गरेको हुन्छ।

यीनै indicators हरुले नै आर्थिक बृद्धी र वित्तिय क्षेत्रको सकारात्मक सम्बन्ध कस्तो छ भन्ने कुरा निर्धारण गरेका हुन्छन । वित्तिय क्षेत्रको विकास र आर्थिक बृद्धिका वीच सकारात्मक सम्वन्ध (Positive Correlations) हुन्छ भन्ने कुरा बिभिन्न प्रयोगात्मक अनुसन्धानले देखाएका छन् ।

थुर्पै बैंक वित्तिय संस्थाहरुको संख्यात्मक बृद्धीले होईन की आम सर्वसाधारणको वित्तिय संस्थाहरु संगको पहुंच बृद्धीले मात्र पुंजी निर्माण उद्यमशिलताको विकास, लगानीको सही अवसरहरुमा ऋणको प्रवाह, उत्पादन, रोजगारी जस्ता विभिन्न आर्थिक पक्ष सवल भएर आर्थिक विकास हुने गर्दछ । वित्तिय पंहुचको सुनिश्चितताले नै निम्न आय भएका वर्गलाई उचित प्रतिफल दिएर असमानतालाई न्युनिकरण गरी गरिवी निवारणमा समेत योगदान दिएको हुन्छ। ।

वित्तिय क्षेत्रले साना तथा मध्यौला उधोगको विस्तार र वृद्धी, विपन्न वर्ग सम्म कर्जाको पहुच र उत्पादनका क्षेत्रमा लगानी गरी उध्यमसिलताको विकास र श्रममा आधारित (Labor intensive) रोजगारीको सृजना गरेर आर्थिक विकासलाई महत्वपुर्ण योगदान दिनुका साथै वित्तिय क्षेत्रमा गरिव र सिमान्तकृत समुदायको पहुच विस्तार गरेर गरिवी र असमानता घटाउन समेत मद्दत गरेको हुन्छ ।वित्तिय स्थापित्व र स्थिरताका लागि व्यवहारिक र सवल नियमकिय नीति त्यसको प्रभावकारी कार्यान्वयन संयन्त्र हुनु अत्यावश्यक छ।

अव सुदूरपश्चिम प्रदेशको सन्र्दभमा जादा यो प्रदेशको कुल निक्षेपमा हिस्सा १.९८% र कर्जामा २.८७% मात्र छ । अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम आफै पनी पछाडी नै परेको छ निक्षेप र कर्जा कै सन्र्दभमा पनि कैलाली र कञ्चनपुरमा बैंक वित्तिय संस्थाहरु अघि केन्द्रित भएका देखिन्छ ।

प्रदेशको मुख्य लगानीको आधार कृषि उधोग, पर्यटन र जलश्रोत नै हुन यी क्षेत्रमा लगानी बढाउन सके प्रदेशको सम्बृद्धी, स्वःरोजगारीको सृजना र वैदेशिक रोजगारीका लागि पलायन हुने जनशक्ती लाई पनि रोक्न सकिन्छ । राष्ट्रियस्तरमा गरिवी २५.२५ हुदा सुदूरपश्चिम प्रदेशमा गरिवी ४२५ छ । गरिवी निवारणका लागि पनि निरपेक्ष गरिवीको रेखामा रहेका नागरिकलाई वित्तिय पहुंच भित्र ल्याई, उद्यमशिल वनायर गरिवीको स्तरलाई न्युनिकरण गर्न सकिन्छ ।

आयातमा आधारित उपभोगका सामानहरुको व्यापारले गर्दा आन्तरिक उत्पादन प्रर्वद्धन नहुने व्यापार घाटा वढ्ने शोधनान्तर घाटा बढ्ने हुदाँ, आयातलाई प्रतिस्थापित गर्ने वस्तुहरुको उत्पादनमा जोडदिन, वचत गर्ने वानीलाई प्रोत्साहित गर्ने, राष्ट्रिय पुंजी निर्माण गर्ने र केही गरौं भन्ने पुस्तालाई वातावरण दिने वित्तिय नीति तर्जुमा र कार्यान्वयन गर्न सके प्रदेशको संरचनात्मक रुपान्तरणमा केही सकारात्मक परिवर्तन अवश्य आउछ ।

हाल नेपाल राष्ट्र बैंकको निर्देशन वमोजिम सुदूरपश्चिमका ८८ वटा स्थानिय निकायहरु मध्ये ८२ स्थानिय निकायमा बैंक वित्तिय संस्थाको पहुंच पुगेको छ । वाजुरा, बझाङ्ग र डोटीका क्रमशः ३, २, १ स्थानमा मात्र उपस्थिती बाकीं रहेको छ र वाकी स्थानहरुमा पनि नियमकिय प्रावधानका कारण वैक वित्तिय संस्था पुग्ने नै छन। वर्तमान अवस्थामा तरलताको संकुचनले गर्दा वैक वित्तिय संस्थामा निक्षेप संकलन भन्दा कर्जा विस्तार उच्चदरमा वढेको छ । कर्जा र निक्षेपको सन्तुलन मिलाउन नसकेकै कारण बैंकहरुमा ऋणयोग्य कोषको अभाव महशुस भएको छ । वजारको आवश्यकता अनुसाारको कर्जा प्रवाह गर्न नसक्दा लगानीमा प्रतिकुल प्रभाव पर्ने, न्यून आर्थिक वृद्धि हुने आर्थिक विश्वास गुम्ने, र रोजगारी न्यून भई अर्थतन्त्रलाई नै प्रभाव पार्ने खतरा हुन्छ।

सुदूरपश्चिमका बैंक वित्तिय संस्थाको शाखा संजाललाई हेर्दा प्राप्त तथ्याङ्ग अनुसार ६०५ वटा शाखा संजाल फैलिएको देखिन्छ भने क’ वर्गका वाणिज्य बैंकको संख्या मात्र २५१ वटा छ । यसरी कुल ६०५ वटा शाखा संजाल भित्र काम गर्ने अधिकांस सुदूरपश्चिमेली नै हुदा बैंक वित्तिय संस्थाको शाखा विस्तारले वित्तिय क्षेत्रमा रोजगारीको अवसर पनि राम्रै सृजना गरेको छ । वित्तीय क्षेत्रवाट प्रवाहित कर्जाले सुदूरपश्चिममा उद्यमशिलताको विकास गरेर स्वरोजगारको सृजना गरेकै छ ।

गरिवी र न्युन बचत भएकै कारण आज पनि आयातित उपभोगमा खर्च भई रहदा प्रदेशको वास्तविक पुंजी निर्माण हुन सकेको छैन । बचतको वित्तिय संस्कारलाई प्रदेश भित्र विस्तार गर्न सके दुर दराजमा फैलिएको वित्तिय संस्थाको शाखा संजालले प्रादेशिक पुंजी निर्माण, लगानीका अवसरको विस्तार, औपचारीक वित्तिय सेवा सम्म सुलभ पहुंच गरी प्रदेशको समग्र विकासमा सेवा पु¥याउने कुरामा सायद दुईमत होला ।

हामीले एक अर्काको सवल पक्षवाट सिक्नु पर्छ । उच्च, परिस्कृत विज्ञान र प्रविधि सिक्न संसार भरका उत्कृष्ट अभ्यासहरुलाई नेपाली परिवेश सुहाउदो रुपान्तरण गरेर प्रविधि मैत्री समाज निर्माण गर्न सके हामी Financial Advisory (वित्तिय सहजकर्ता) को भुमिका निर्वाह गरि अति दुर्गम वस्तीमा वित्तिय पहुचलाई बढाउन सक्छौ किनभने संसार वदलिएको छ, प्रविधि वदलिएको छ भने हामी पनि आफु र समाजलाई वदल्न तत्पर हुनु पर्छ ।

बैकिङ्ग भनेको यस्का सवै Stakeholder हरुलाई Reasonable return दिएर social value crate गर्ने व्यवसाय हो । Economic survey 2076 अनुसार सुदूरपश्चिममा पछिल्ला वर्षमा मुद्रा आपुर्ति, निजि क्षेत्र तर्फ प्रवाहित कर्जा, निक्षेप संगै सुदूरपश्चिममा अर्थतन्त्रको मौद्रिकरण र वित्तिय पहुंच बढ्दै गएको छ । निजी क्षेत्र स्वभावत नाफा मुखी हुने नै गर्छ । वित्तिय क्षेत्रकोे विस्तार, वित्तिय क्षेत्र सम्मको सुलभ पहुचको सुनिश्चतता गर्ने काम र समावेशी वित्तिय विकास गर्न सरकारको नीतिगत प्रष्टता र सकारात्मक हस्तक्षेप स्वीकार्य नैहुन्छ । सरकारले आवश्यक पुर्वाधार, शान्ती सुरक्षा, चाहिने अनुदान (Supportive Initiatives) र प्रभावकारी निती नियम, नियमन र संप्रवद्धनद्धारा वित्तिय क्षेत्रलाई प्रभावकारी वनाउनु पर्दछ।

कमेन्ट गर्नुहोस्