बजारमा छ नक्कली पेट्रोल; बनाउने गिरोह बल्ल प्रहरीको फन्दामा

भारतमा नक्कली डिलर र पेट्रोलको फ्याक्ट्री चलाउने एउटा गिरोह नै प्रहरीको फन्दामा परेको छ । उत्तर प्रदेशको पश्चिमोत्तर शहर मेरठमा नक्कली पेट्रोल र डिजल बनाएको भन्दै प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उनीहरूले थिनर र सोल्भेन्टमा रङ्ग मिलाएर नक्कली पेट्रोल तयार गर्ने गरेका थिए। यसरी नक्कली पेट्रोल तयार गर्दा निजहरूलाई प्रति लिटर ३८ रुपैयाँ पर्ने गरेको प्रहरीले बताएको छ। भारतमा पेट्रोलको औसत मूल्य १२० रुपैयाँ रहेको छ।

प्रहरीले दिएको जानकारीमा आरोपीहरूले उक्त नक्कली पेट्रोल उक्त समूहकै एक जना सदस्यकोपेत्रोल पम्पमा खपत गर्ने गरेका थिए। उनीहरूले त्यस काममा उनीहरूलाई स्थानीय प्रहरीका केही अधिकारीहरूको संरक्षण समेत रहेको थियो।

नेपालमा पनि पेट्रोलियम पदार्थको आपूर्ति भारतबाटै हुने गर्दछ। तर यसरि फ्याक्ट्रीमा उत्पादन भएको नक्कली पेट्रोल नेपाल भित्रिने सम्भावनाबारे भने कुनै जानकारी उपलब्ध हुन सकेको छैन।

कमेन्ट गर्नुहोस्