राहत सामग्री लगेर गएकाे हेलिकाेप्टर दुर्घटना, पाइलटसहित ३ को मृत्यु

काठमाडौं । भारतको उत्तराखण्ड अन्तर्गत उत्तरकाशीमा आज दिउँसो एउटा हेलिकप्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

बाढी पीडितलाई उद्धार गर्न गएको हेलिकप्टर राहत सामग्री पुर्याएर फर्किने क्रममा दुर्घटना भएको हो ।
आपदा प्रबन्धन विभागका अधिकृत देवेन्द्र पटेलले जनाए अनुसार, हेलिकप्टरले मोरीदेखि राहत सामग्री लगेर मोल्दी गाउँ गएको थियो । फर्किने बेला दुर्घटना भयो । बाढीको राहतको काममा लागेका भारत तिब्बत सीमा प्रहरीका जवानहरुले हेलिकप्टर दुर्घटना भएको देखेपछि घटनास्थलत पुगेका थिए ।

याे पनि पढ्नुस  गणपति बिसर्जन गर्दा डुंगा पल्टियो, ११ बढीको मृत्यु

उत्तरकासीको मोरी तहसीलको अराकोट, माकुडी र तिकोची गाउँमा १९ अगस्तदेखि भारी वर्षा हुँदा २१ जनाको मृत्यु भएको छ । २५ वटा घर पहिरोमा पुरिएका छन् । कैयन मानिसहरु अहिले पनि बाढी र पहिरोमा फसेका छन् ।

कमेन्ट गर्नुहोस्