आफूलाई ‘साइबर क्राइम’ लगाउन खोजेको भन्दै पत्रकार श्रेष्ठले दिए यस्ताे चेतावनी

काठमाडौंः  शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा थुनामा रहेका सिधाकुरा जनतासँग कार्यक्रमका प्रस्तोता रवि लामिछानेकी पत्नी निकिता पौडेलले आफूसहित तीनजना बिरुद्ध जाहेरी दर्ता गर्न खोजेको घटनामा पत्रकार तथा प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले आफ्नो मानमर्दन भएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा बुधबार ‘शालिकराम प्रकरणको भिडियो उनकै परिवारबाट पाएर निस्पक्ष र शीघ्र अनुसन्धानको निम्ति त्यसमा आधारित हुँदै हामीले समाचार प्रकाशन रप्रशासन गरेको’ उल्लेख गरेका छन्।

अध्यक्ष श्रेष्ठले लेखेका छन्, ‘हिजो अधिवक्ता सुनिल पोख्रेल आफैँले चितवनमा पत्रकारहरुका सामु (हामीले शुरुदेखि जे भन्दै आएका थियौं) त्यही भन्नुभएको छ,अर्थात भिडियोका दुई अलग अलग क्लिप्स छन् एउटा ८ मिनेट २८ सेकेन्डको र अर्को ४ मिनेट ५८ सेकेण्डको !’

रविपत्नी निकिताले जनआस्था सम्पादक श्रेष्ठ, नेपाल आज सम्पादक संकेत कोइराला र चितवन एसपी बिरुद्ध भिडियो छेडखानीको आरोपमा जाहेरी दर्ता गर्न प्रयास गरे काठमाडौँ प्रहरीले बुधबार अस्वीकार गरेको थियो।

जाहेरी दर्ता गर्न खोजेपछि श्रेष्ठले दिए यस्तो प्रतिक्रिया

कमेन्ट गर्नुहोस्