Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

व्यवसायिक शिक्षाका लागि औद्योगिक प्रशिक्षण (Apprenticeship) भनेकाे के हो ?

डा. कुष्माकर भट्ट ।

परिचय :
प्राबिधिक तथा ब्यावसायिक शिक्षा र तालिम नीति २०१२ ले बजारमुखी रोजगारमुखी शिक्षा र तालिम कार्यक्रमहरुको बिस्तार, समाबेशिता, सान्दर्भिकता, गुणस्तर सुधार र समग्र शिक्षाका कार्यक्रमहरुको ब्यवस्थापनमा बिभिन्न निकायहरु संगको समन्वय र सहकार्यमा जोड दिएको छ।देशको ४० प्रतिशत ९ झण्डै ६९ लाख जनसंख्या २० देखी ३४ बर्ष उमेर समूहको रहेको छ। श्रम बजारमा माग र आपूर्ती बीच तालमेल मिलाउन नसकिदा एकातिर गत दुई दशकमा ४३ लाख युवा रोजगारीका लागि कठिन काम गर्न बिदेशिएका छन भने अर्को तर्फ दक्ष जनशक्तीको स्वदेशमा निकै अभाव रहेको छ। छिमेकी मुलुकका कामदार नेपालमा आएर बर्षेनी खर्बौँ रुपया लगि राखेका छन।२०१७ मा मात्रै नेपालबाट ३ खर्ब, ३३ अर्ब रुपयाँ बिप्रेषणको रुपमा भारत गएको छ भने सोही अवधीमा चीनले १५अर्ब, भूटान र पाकिस्तानले ४।४ अर्ब रुपयाँ नेपालबाट स्वदेशमा भित्र्याउने गरेको देखीन्छ।यतिखेर देश भित्र उपलब्ध र २०३० सम्ममा उपलब्ध रहने युवा जनशक्तिको यो अत्युत्तम अनुपातको सदुपयोग गर्दै औद्योगिक प्रशिक्षणको माध्यमवाट रोजगार(स्वरोजगारी श्रृजना गराउन सकिएमा दिगो बिकास लक्ष्य सहजै हासिल गर्न सकिने हुन्छ।

औद्योगिक प्रशिक्षण (Apprenticeship)के हो

औद्योगिक प्रशिक्षणलाई कार्यस्थलमा आधारित सिकाई वा काम गर्दै(कमाउँदै सिक्दै जाने प्रकृयाको रुपमा परिभाषित गरीन्छ।श्रम बजार संग परिचित भई उत्पादन बृद्धि तथा सेवा प्रवाह गर्न उद्योगका दक्ष कामदारको सामिप्य र प्रत्यक्ष निगरानीमा एउटा निश्चित पेशामा आवश्यक पर्ने सम्पूर्ण ज्ञान, सीप रतदनुरुपको आचरण ब्यवहार सिक्ने(सिकाईने पद्धति औद्योगिक प्रशिक्षण मा अवलम्बन गरीन्छ।

पुर्बीय समाजमा बर्षौं पूर्वदेखी गुरुकूल प्रशिक्षण परम्परा संचालनमा रहेको थियो। शिष्यहरुले सीप(ज्ञानयुक्त गुरुको सान्निध्यमा रहेर बिभिन्न जीवनोपयोगी सीप, ज्ञान र आचरण सिक्ने र तदनुरुप रोजगार स्व(रोजगार श्रृजना गर्ने गराउने गरिएको थियो। तत्कालिन समाजमा काष्टकला, मिस्त्री,कपडा बुनाई(सिलाई, खेतीपाती, पशुपालन का अतिरिक्त कतिपय गुरुकूलहरुमा हिसाब(किताब, ज्योतिषी, खाना पकाउने सीप, मसी र कागज बनाउने, कर्मकाण्ड तथा जीबीकोपार्जनका अन्य सीपहरु सिकाईने गरिन्थ्यो।बर्तमानमा पनि सवारी चालक र अटोमोबाइलको क्षेत्रमा यो प्रथा रहेको छ। तत्कालीन समाजमा ब्यक्तिका आवश्यकताहरु सीमित हुँदा आफ्नो ज्ञान सीप लाई ब्यवसायिकतामा परिणत नगरी जीबिकोपार्जन सम्म सीमित थियो भने अहिले बढ्दो आवश्यकताहरुको परिपूर्तीका लागि प्रत्येक सिकाईलाई ब्यवसायिकता, बृत्ती बिकास र आर्थिक उन्नती संग जोड्नुपर्ने आवश्यकता महसूस गरिएको छ।यस परिप्रेक्षमा यही दिगो सिकाई तथा बृत्ती मार्गको प्रसस्तता रहेको औद्योगिक प्रशिक्षणलाई औपचारिक रुप दिई अगाडी बढाउँदै प्रशिक्षण(केन्द्र र सम्बन्धित उद्योग( ब्यवसायको समन्वय र सहकार्यमा एउटा निश्चित पाठ्यक्रमको आधारमा प्रशिक्षण केन्द्रमा सैद्धान्तिक ज्ञान दिने र उद्योगमा उक्त ज्ञानको अभ्यास गरी ब्यवहारिकरुपमा प्रयोगमा ल्याउने अवसर उपलब्ध गराई दिक्षित गर्ने प्रकृया नै औद्योगिक प्रशिक्षण (Apprenticeship)भनेर बुझ्न सकिन्छ।

औद्योगिक प्रशिक्षण किन
कामको खोजीमा रहेका युवाहरुलाई रोजगारदाता उद्योगहरुको अगुवाईमा काम गर्दै(सिक्दै (कमाई गर्दै सिकाईको एउटा निश्चित मापदण्ड पुरा गरे पछी दीक्षित गर्ने र उत्पादन तथा सेवा प्रवाहमा समाहित गरीन्छ। यस प्रकारको सिकाईमा कार्यस्थलमा सिकाई गराउन, कामको सुपरीवेक्षण गरी आवश्यक पृष्टपोषण गर्न सम्बन्धित पेशामा लामो अनुभव भएका उद्योगमा कार्यरत शिल्पी (ऋचबातकउभचकयल) हरुको सहयोग लिईन्छ। प्रशिक्षण(सिकाईको यस्तो सहकार्यले एकातर्फ कम्पनीले थोरै पारिश्रमिकमा नियमित कर्मचारी पाईराख्ने, उत्पादनमा मात्रात्मक तथा गुणात्मक बृद्धी हुने र आर्को तर्फ काम गर्ने वातावरणमा सुधार आउने, सुरक्षित कार्यस्थलमा काम गर्ने वातावरण श्रृजना हुने तालिमे कामदारहरुले बजारको आवश्यकता अनुसारको सीप सिक्ने अवसर, सीप संगै कमाई गर्ने र दिगो रोजगारीको आधार तय गर्न सक्ने हुन्छ।फल स्वरुप स्थानीय स्तरमा सीपयुक्त, उद्योग संग परिचित रोजगार तथा स्वरोजगारउन्मुख युवा जनशक्ती श्रम बजारमा आउँदा उत्पादन तथा सेवा प्रवाहमा लगानी बृद्धि हुने, रोजगारका अवसरहरु बढ्ने, उद्योग तथा कर्मचारी हरुमा स्वस्थ प्रतिष्पर्धा भई गुणस्तरीय उत्पादन, निरन्तर सिकाई, नव(प्रवर्तन, अन्वेषण र सुरक्षित आप्रवासनमा समेत सहयोग पुगी राष्ट्र समृद्धी तर्फ उन्मुख हुन्छ।

औद्योगिक प्रशिक्षणले देशमा ब्याप्त युवा बेरोजगारी हटाई सीपको माध्यमबाट दिगो तथा सम्मानित रोजगारी श्रृजना गर्दै आत्म सम्मानका साथ जीवनयापन गर्नमा महत्वपूर्ण भुमिका निर्वाह गर्दछ। नेपालमा प्राबिधिक तथा ब्यावसायिक शिक्षा र तालिमको क्षेत्रमा नवीनतम अभ्यासको रुपमाऔद्योगिक प्रशिक्षण कार्यबिधि तयार गरीऔद्योगिक प्रशिक्षणको सुरुवात गरिएको छ, जस अनुसार न्यूनतम एस।ई।ई। परीक्षा उत्तीर्ण गरेका ईच्छूक ब्यक्तिहरुले आवेदन दिन सक्ने ब्यवस्था गरिएको छ। सम्बन्धित क्षेत्रका उद्योग तथा ब्यवसायहरु संगको समन्वय र सहकार्यमा प्रशिक्षण दिने संस्थाले लिखित तथा मौखिक परीक्षा लिई प्रशिक्षार्थि छनोट गर्ने प्रावधान बनाईएको छ।बिराटनगर, काठमाण्डौ, बुटवल र नेपालगंजको औद्योगिक क्षेत्रमा परीक्षण सुरुवात गरिएको यो कार्यक्रम यस आ।ब। देखी सुदूरपश्चिम प्रदेशमा प्रथम पटक महेन्द्रनगर र धनगढीमा ईलेक्ट्रिकल ईन्जिनियरिड। बिषयमा औद्योगिक प्रशिक्षण गराउने गरी सुरु गरिएको छ।यसमा उद्योग ब्यवसायहरुको सक्रीय सहागिता र प्रतिबद्धता आवश्यक रहने भएकोले यस क्षेत्रका सवै निर्माण ब्यवसायी, इलेक्ट्रिकल ब्यवसाय संचालकहरुको सहयोग आवश्यक रहन्छ।
औद्योगिक प्रशिक्षणमा प्रमुख साझेदारी
औद्योगिक प्रशिक्षण संचालनका लागि उद्योग तथा शिक्षण संस्थाहरुको सहयोग, सहकार्यर साझेदारीमा (Industry-Academia Collaboration) अति आवश्यक छ। उद्योग तथा ब्यवसायले औद्योगिक प्रशिक्षणको बिषयमा जानकारी भई यस बाट आफ्नो उद्योगलाई पुग्ने लाभको बिषयमा सुनिश्चित रहेको अवस्थामा मात्र सहकार्यको ढोका खुल्ने भएकाले सबैको लाभको अवस्था श्रृजना हुने गरी यस्ता कार्यक्रमहरु संचालन मोडालिटी तयार पारिएको छ।

प्रशिक्षण प्रकृया र समयावधी
औपचारिक अप्रेन्टिसिपका लागि नेपालमा हाल तयार गरिएका पाठ्यक्रमहरुमा ईन्फरमेसन टेक्नोलोजी, मेकानिकल ईन्जिनियरिड्ग, अटोमोबाइल ईन्जिनियरिड्ग, ईलेक्ट्रिकल ईन्जिनियरिड्ग र होटल म्यानेजमेण्ट का बिषयहरु छन।नेपालको औद्योगिक प्रशिक्षण कार्यबिधि अनुसार संचालनहुने सम्पूर्ण अप्रेन्टिसिप कार्यक्रम २४ महिना अबधीको हुनेछ। जस मध्ये करीव ५ महीना प्रशिक्षण केन्द्रमा र १९ महीना उद्योगमा नै रहेर प्रशिक्षण लिने गरी ब्यवस्था गरिएको छ।
औद्योगिक प्रशिक्षणमा रहदा औद्योगिक प्रशिक्षार्थीहरुलाई हप्ताको १दिन प्रशिक्षण केन्द्रमा प्रशिक्षण गराईन्छ र बाँकि ६ दिन उद्योगमा नै बरिष्ट कर्मचारीको निगरानी र निर्देशनमा अभ्यास गर्ने प्रवन्ध मिलाईएको हुन्छ।

परीक्षण तथा प्रमाणीकरण
अप्रेन्टिसिप कार्यान्वयन निर्देशिकाअनुसार प्रत्येक अप्रेन्टिसको सिकाईको प्रशिक्षण केन्द्र तथा उद्योगमा समेत मुल्यांकन गरी थप सिकाईका लागि पृष्टपोषण दिईन्छ।उद्योग आधारित अप्रेन्टिसिपको समापन पछि सिक्न बाँकि रहेका सीपहरुको तप अभ्यासका लागिअन्तिम १ महिनाको समय ब्लक रिलीजका लागिछुट्याईएको छ।अप्रेन्टिसहरुको निरन्तर मुल्यांकन पद्धतिका अलावा प्रत्येक ६(६ महिनामा परीक्षा लिई आन्तरिक मूल्याड्कन गर्ने र २४ महीनाको प्रशिक्षण समाप्त भए लगत्तै अन्तिम परीक्षण गर्ने ब्यवस्था औद्योगिक प्रशिक्षण कार्यबिधीले गरेको छ।यसरी गरिने परीक्षण र मूल्यांकनमा मुख्य रुपमा प्रयोगात्मक परीक्षण साथै लिखित र मौखिक परीक्षा समेत लिईन्छ।औद्योगिक प्रशिक्षण अवधी पुरा गरी परीक्षणमा सफल भएकाहरुलाई प्राबिधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषदले प्राबिधिक एस।एल।सी। स्तरको प्रमाण(पत्र प्रदान गर्ने छ भने सम्बन्धित उद्योग र प्रशिक्षण दिने संस्थाले प्रशिक्षण सम्पन्न गरेको प्रमाण(पत्र उपलब्ध गराउने छ।
उपसंहार
नेपालको श्रम बजारको सबे भन्दा ठूलो समस्याका रुपमा रहेको बिषय माग र आपूर्ती बीच तालमेल नमिल्नु हो। एकातर्फ रोजगार क्षेत्रले दक्ष कर्मचारी नपाएर बाहिर बाट महंगो श्रम लिने बाध्यता छ भने आर्को तर्फ देशभित्रका युवाहरु बेरोजगार भै रोजगार खोज्न देश भित्र र बाहिर भौँतारिइ रहेको अवस्था छ।यसरी देशमा महंगो श्रम आयात हुने र सस्तो श्रम निर्यात हुने अवस्थाले देशमा भित्रिने बिप्रेषण को तुलनामा देश बाट बाहिर जाने बिप्रेषण कई गुना बढी हुने र सामाजिक आर्थिक बिकासमा यसबाट सकारात्मक प्रभाव पर्न नसक्ने अवस्था देखिएको छ।यस्तै खास गरी औद्योगिक क्षेत्रलाई आवश्यकपर्ने गरि खाने प्रबिधियुक्त जनशक्ती उत्पादन नहुँदा सँधै पर निर्भरता रहने पनि देखीन्छ किनभने, बिश्वबिद्यालय बाट दिक्षित जनशक्तीले उद्योगमा टेक्निसियनको रुपमा काम गर्न नचाहनेरनसक्ने र आधारभूत तालिम लिएको जनशक्तीले परिवर्तित सन्दर्भको प्रबिधि संग सामञ्जस्यता गर्न नसक्ने हुँदा प्रतिष्पर्धि जनशक्तीको सँधै खाँचो हुने अवस्थामा शैक्षिक क्षेत्र र औद्योगिक क्षेत्रको समन्वय र सहकार्यमा आवश्यकतामा आधारित जनशक्ती तयार पारी रोजगार श्रृजना गर्नु र उत्पादन तथा सेवा बिस्तार गर्नुको बिकल्प छैन जुन औद्योगिक प्रशिक्षणबाट सम्भव छ।

प्राबिधिक तथा ब्यावसायिक शिक्षा र तालिम (TVET)क्षेत्रमारोजगारी श्रृजनाका लागि औद्योगिक प्रशिक्षण एक अचूक अस्त्र साबित भै सकेको छ। युरोपियन राष्ट्रहरु लगायत सबै जसो बिकसित मुलुकहरुले दशकौं देखी अभ्यास गरेर पूर्ण रुपमा सफलता हासिल गरिसकेको औपचारिक औद्योगिक प्रशिक्षणले श्रम बजारमा आवश्यक सीप, ज्ञान र ब्यवहारयुक्त दक्ष जनशक्ती उत्पादन गर्दै अनौपचारिक क्षेत्रमा प्रयाप्त रोजगारी श्रृजना गरी उद्योग तथा ब्यवसायहरुको उत्पादन तथा सेवा बृद्धि गर्नमा पूर्ण योगदान पुग्ने कुरा निर्बिवाद छ। औद्योगिक प्रशिक्षण कार्यक्रम अन्तर्गत प्रशिक्षित भएकाहरुले प्रशिक्षण(केन्द्रहरुबाट पेशागत ज्ञान, सीप, र उद्योग तथा ब्यवसायहरुमा काम गर्दै–सिक्दै(कमाउँदै जाँदा थप ज्ञान, सीप र सिकेका कुराहरुलाई यथार्थ रुपमा ब्यवहारिक प्रयोगमा ल्याउने अवसर प्राप्त गर्ने भएकाले एका तर्फ यस्तो सिकाई ब्यवहारिक, प्रायोगिक, दिगो र जीवनोपयोगी हुने हुन्छ भने आर्को तर्फ शैक्षणिक संस्थाहरु र उद्योगहरु बिचको समन्वय र सहकार्यले श्रम बजारलाई आवश्यक पर्ने जनशक्तीको माग र आपूर्ती बिच सामञ्जस्यता कायम गर्नमा ठूलो टेवा पुग्न सक्ने हुन्छ।

साभारः पश्चिम टुडेमा प्रकासित आलेख

कमेन्ट गर्नुहोस्

%d bloggers like this: