Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

विश्वकप क्रिकेटको फाइनलकाे ओभरथ्रोबारे यसाे भन्छन् शेन वार्न

अस्ट्रेलियाका पूर्व स्पिनर एवं मेलबर्न क्रिकेट क्लबको विश्व क्रिकेट समितिका सदस्य शेन वार्नले विश्वकप क्रिकेट २०१९ को फाइनल खेलमा बेन स्टोक्स लाई लागेको बललाई डेड बल मानिनु पर्ने बताएका छन्।

वार्न सम्मिलित एउटा समितिले विश्वकप क्रिकेटको फाइनल खेलको अनुहार नै परिवर्तन गर्न सफल उक्त ‘थ्रो’ र त्यसमा अम्पायरलेदिएको फैसलाको समिक्षा गर्नेछ।

विश्वकप क्रिकेट २०१९ को फाइनल खेलमा ओभर थ्रो मार्फत इङ्ल्याण्डले पाएको अतिरिक्त चार रनले निकै विवाद सिर्जना गरेरको थिए। उक्त चार रनकै कारण न्युजिल्याण्डको पोल्टामा रहेको खेल सुपर ओभरमा पुगेको थियो र ‘बाउन्ड्री’को आधारमा इङ्ल्याण्डलाई विश्व विजेता घोषणा गरिएकोथियो।

फाइनल खेलमा २४२ रनको लक्ष पछ्याइरहेको इङ्ल्याण्डलाई खेलको पचासौं ओभरमा विवादित र्न्मिलेको थियो। मार्टिन गप्तिलले स्टम्पलाई लक्षित गर्दै फालेको बल हतारमा दोस्रो रन पूरा गर्न दौडिएर ‘डाइभ’ हानेका बेन स्टोक्सको ब्यात्मा लागेर सीमारेखा पारी गएको थियो।

ओभरथ्रोबापत गएका अतिरिक्त रनले गर्दा खेल बराबरीमा पुग्न गयो ।

क्रिकेटको नियम अनुसार फिल्डिङका क्रममा बलिङ् पक्षबाट बल सीमारेखा पारी गएको खण्डमा ब्याटिङ् गर्ने टीमले पाउने थप चार रन पाउने गर्छ । अम्पायर धर्मसेनाले सहअम्पायरसँग सल्लाह गरेर उक्त थ्रोमा चार अतिरिक्त रन दिए र खेल बराबरीमा पुग्न गयो।

पछि उक्त निर्णयको भिडियो फुटेजहरूमा बल ‘ओभरथ्रो’ हुँदासम्म दोस्रो रन पूरा नभइसकेकाले इङ्ल्याण्डलाई उक्त समय पांच रन मात्रै दिइनु पर्ने कुरा उठेको थियो ।

उक्त निर्णय म्याच पल्टाउन महत्त्वपूर्ण भएको थियो र इङ्ल्याण्डले न्युजिल्याण्डसँग स्कोर बराबर गर्न सकेको थियो ।
वार्नले भने, “मा त्यो समितिमा छु जसले उक्त प्रसंगको समीक्षा गर्न गैरहेको छ। मैले के सुझाव दिएको छु भने खेलको कानुन एकदम ठीक छ। तर ब्याट्सम्यानको बललाई ‘डेड बल’ मानिनु पर्ने हो। ”

उनले थपे, “यसरी खेलाडीको जिउमा लागेको बल बाउन्ड्री पार जान्छ याकता त्यसको अर्थ नरहनु पर्थ्यो। खासमा त्यस्तो अवस्थामा दौड्न समेत मिल्दैन। किनभने त्यो डेडबल हो। मलाइ लाग्छ यसरी नदौडनु खेल भावना हो। ”

वार्नले आफू आइसीसी टेस्ट च्याम्पियनसिपबारे निकै उत्साहित रहेको पनि बताए। उन्ल;ए भने, “आइसीसीले यसको राम्रो बजारीकरण गरेको भए अझै राम्रो हुने थियो। “

कमेन्ट गर्नुहोस्

%d bloggers like this: